close

ललितपुरमा स्तनपान कक्षसहितको शौचालयकाे शिलन्यास

ललितपुरमा स्तनपान कक्षसहितको शौचालयकाे शिलन्यास

Trulli
ADVERTISEMENT

ललितपुर। पाटन दरबार क्षेत्रमा पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण हुने भएको छ। उक्त ‘स्मार्ट शौचालय’को ललितपुर महानगरपालिकालका प्रमुख चिरीबाबु महर्जनले बिहिबार शिलन्यास गरेका हुन्। 

स्तनपान कक्षसमेत रहने गरी शौचालयको निर्माण गर्न लागिएको महानगरपालिकाले जनाएको छ।  महानगरका पूर्वाधार महाशाखा प्रमुख तथा वरिष्ठ इन्जिनियर श्रीकुमार महर्जनले शौचालय पुरातात्विक शैलीमा निर्माण गरिने बताए।

उनको अनुसार अपाङ्गता र ज्येष्ठ नागरिकमैत्री यो शौचालय छ महिनाभित्र निर्माण सम्पन्न हुनेछ । उनले भने, ‘शौचालयको एक कर्नरमा स्तनपान कक्ष राख्छौं ।’