close

पैदलै हिंडेर काठमाडौं छिरेका चुरे प्रभावितहरुले न्याय पाउलान् ?

पैदलै हिंडेर काठमाडौं छिरेका चुरे प्रभावितहरुले न्याय पाउलान् ?

Trulli
ADVERTISEMENT

काठमाडौं- चुरेक्षेत्र संरक्षणका लागि सप्तरीदेखि पैदल यात्रा गर्दै टोली काठमाडौं पुगेको छ । १२ बुँदे माग बोकेर सप्तरीदेखि उनीहरु २५ दिन लगाएर पैदल यात्राबाट काठमाडौं आईपुगेका हुन् । बैशाख १७ गते सप्तरीदेखि सुरु भएको पैदल यात्राबाट उनीहरु जेठ १० गते काठमाडौं आईपुगेका हुन् । 

चुरे क्षेत्रको अतिक्रमण र दोहनले पारेका विविध जटिलता झेलेका तेल्लो क्षेत्रका वासिन्दाको सामुहिक आवाज सिंहदरबारसम्म पुर्याउन उनीहरु काठमाडौं पुगेको बताएका छन् । चुरे दोहनले खानेपानीको स्रोत सुकेपछि आफुहरु काकाकुल बन्नु परेको दुःखेसो उनीहरुले गरे । 

यसपटक १२ बुँदे माग बोकेर काठमाडौं आईपुगेका चुरे प्रभावितहरुले अघिल्लो बर्ष पनि यसैगरी हिंडेरै २३ दिन लगाएर काठमाडौं आएका थिए । तर, प्रतिबद्धता जनाएका राज्यका निकायहरुको उदासिनताले पुनः यस बर्ष पनि पैदल यात्रा गर्दै राज्यलाई समस्या समाधानका लागि संवेदनशिल बनाउन आएको बताएका छन् ।