close

चाँगुनारायणमा दिसाजन्य लेदो प्रशोधन केन्द्र बन्ने

चाँगुनारायणमा दिसाजन्य लेदो प्रशोधन केन्द्र बन्ने

Trulli
ADVERTISEMENT

भक्तपुर- चाँगुनारयण नगरपालिकामा दिसाजन्य लेदो प्रशोधन केन्द्र बन्ने भएको छ । 

नगरपालिकाको वास शाखाका अनुसार निर्माण गर्न लागेको दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिपीआरमाथि प्रारम्भिक छलफलसमेत सम्पन्न भइसकेको छ । परामर्शदाता ईको कन्सर्न प्रा.लि.ले डिपीआर निर्माण गरेको थियो । 

नगरपालिकाको वडा नं. ७ र ८ को सिमानामा पर्ने घट्टे खोलामा रहेको सार्वजनिक जग्गामा दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरिन लागेको हो । नगरपालिकाले गौरबको आयोजना मानेको यस आयोजनाको प्रारम्भिक प्रतिवेदनमा नगर कार्यपालिकाका सदस्यहरुले सल्लाह, सुझाब तथा धारणा व्यक्त गरेका छन् । 

साथै चाँगुनारायण नगरपालिकामा नगरव्यापी समाबेशी सरसफाइ योजनासमेत तयार भइसकेको छ । यसको कार्यान्वयनको लागि चाँगुनारायण नगरपालिकाको दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी कार्यविधी–२०८० समेत स्वीकृत गरिसकेबो नगरपालिकाले जनाएको छ ।