close

स्रोतमै फोहोर वर्गीकरण : २७ नम्बरबाट सुरु भएको अभियान १० मा विस्तार

स्रोतमै फोहोर वर्गीकरण : २७ नम्बरबाट सुरु भएको अभियान १० मा विस्तार

Trulli
ADVERTISEMENT

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको वडा नं. १० ले आजदेखि वडा क्षेत्रमा फोहोरलाई स्रोतमा वर्गीकरण गर्ने अभ्यास थालनी गरेको छ । महानगरपालिका-१० का वडाध्यक्ष रामकुमार केसीका अनुसार फोहरको स्रोतमै वर्गीकरण गरी सङ्कलन, ढुवानी तथा व्यवस्थापन गर्नका लागि महानगरपालिकाले हरियो र निलो रङको सङ्केतसहितको गाडीको व्यवस्था गरिएको हो ।

विगतदेखि यस क्षेत्रको फोहोर संकलन गरिरहेको निजी संस्था एक्सन वेष्ट र मेट्रो सिटी वेष्ट म्यानेजमेन्टलाई परिचालन गरेर अभ्यास थालिएको हो । यसका लागि फोहोर संकलन गर्ने सवारी साधनमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न कोठा बनाइएका छन् । 

घरेलु फोहोरको दिगो व्यवस्थापनका लागि स्रोतमा वर्गीकरण गर्ने अभ्यासलाई वडा नं. २७ बाट माघ २१ गतेबाट थालिएको हो । वडामा घरघरबाट वर्गीकृत फोहोर छुट्टाछुट्टै संकलन गर्ने गरिएको छ । कुहिने फोहोरलाई टेकु ट्रान्सफर स्टेशनमा ल्याएर जैविक मल बनाउने गरिएको छ ।