close

महिनाको पहिलो र अन्तिम शनिबार बर्दघाट सरसफाइ अभियान

महिनाको पहिलो र अन्तिम शनिबार बर्दघाट सरसफाइ अभियान

Trulli
ADVERTISEMENT

नवलरासी– बर्दघाट नगरपालिकाले यही मंसिर ३० गते सबै वडामा सरसफाइ गर्ने भएको छ । नगरपालिकाले एक सूचना गर्दै आगामी शनिबार बिहान ७ बजेदेखि साढे ८ बजेसम्म सरसफाइ गर्न भएको  हुँदा सबैलाई सहभागी हुन आग्रह गरेको छ । 

नगर सरसफाई र हरियाली प्रवर्द्धन कार्यक्रम अन्तर्गत सबै वडामा सरसफाइ गर्न लागेको जनाउँदै वडाध्यक्ष र टोल विकास संस्थाका अध्यक्षलाई आ-आफ्नो वडाको नेतृत्वदायी भूमिका निर्बाह गर्न आग्रह गर्दै पायक पर्ने स्थानमा सहभागिता जनाउन सबैलाई नगरपालिकाले अनुरोध गरेको छ । 

बर्दघाटले प्रत्येक महिनाको पहिलो र अन्तिम शनिबार पालिका क्षेत्रको सरसफाइ गर्दै आएको छ । कुहिने, नकुहिने तथा सिसाजन्य फोहोरमैला वर्गीकरण अभियानलाई प्रभावकारि बनाउने उद्देश्यसहित सरसफाइ अभियान सञ्चालन गर्दै आएको  नगरपालिकाले जनाएको छ ।