close

एमाले नेता रेवती र पार्वतीको ग्राण्ड डिजाईनको पर्दाफास : जबर्जस्ती बोल्न लगाएको भन्दै बागमतीका स्थानीयले दिए चेतावनी

भरत तालबिरुद्ध लेख्न उक्साएको त्यतिबेला खुल्यो, जतिबेला समाचारमा भनाई उद्घृत गरिएका स्थानीयले यथार्थ कुरा बाहिर ल्याए

एमाले नेता रेवती र पार्वतीको ग्राण्ड डिजाईनको पर्दाफास : जबर्जस्ती बोल्न लगाएको भन्दै बागमतीका स्थानीयले दिए चेतावनी

भरत तालबिरुद्ध लेख्न उक्साएको त्यतिबेला खुल्यो, जतिबेला समाचारमा भनाई उद्घृत गरिएका स्थानीयले यथार्थ कुरा बाहिर ल्याए

Trulli
ADVERTISEMENT

सर्लाही । नेकपा एमाले मधेश प्रदेश उपाध्यक्ष रेवती पन्तले बागमतीस्थित भरत तालका बिरुद्ध बोल्न स्थानीयलाई दवाव दिएको खुलेको छ । नेता पन्तले एक अनलाईन पोर्टललाई प्रभावमा पारेर भरत तालबिरुद्ध लेख्न उक्साएको त्यतिबेला खुल्यो, जतिबेला समाचारमा भनाई उद्घृत गरिएका स्थानीयले यथार्थ कुरा बाहिर ल्याए । 

एक अनलाईन पोर्टलले ‘भरत तालका कारण सुकुम्वासीकाको घरमा बाढी, मेयर भन्छन्,–‘के कसो हो हामीलाई पनि थाहा छ् ।’ शिर्षकमा समाचार प्रकाशन गरेको थियो । उक्त समाचारमा पिडित भनेर भनाई राखेका स्थानीयलाई दवावमा पोखरीको बारेमा बोल्न लगाएको खुल्न आएको हो ।
 
एमाले नेता द्वयलाई स्थानीयको चेतावनी
उक्त अनलाईन पोर्टलमा प्रकाशित समाचारमा हवाला दिईएका स्थानीयले आफुहरुले तालको बिषयमा बोल्दै नबोलेको कुरा प्रकाशन गरेको भन्दै मेयर भरत कुमार थापालाई गुहारेका छन । समाचारमा हवाला दिएकामध्ये सेते बोटले आफुहरुले भरत तालको बिषयमा नभई ढुमाजोर खोलाले बेलाबेलामा समस्यामा पार्ने गरेको भनेर अभिब्यक्ती दिएको दावी गरे । उन्ले भिडियोमार्फत आफुहरुले बोल्दै नबोलेको बिषय संचारमाध्यममा ल्याएको भन्दै नेता पन्तलाई यस्तो नगर्न चेतावनी समेत दिए ।
 
बोटले भने, ‘केही दिन पहिला दिउँसो १२ बजेको समयमा एक मिडियाकर्मीलाई लिएर एमाले नेता रेवती पन्त र पार्वती बिश्वकर्मा गाउँमा आए । पहिला उनीहरु आफैले माईकमा उभिएर तालको बिषयमा के–के कुरा गरे । हामीले राम्रोसँग बुझेनौं । पछि गाउँका सबैलाई जम्मा गरे । गाउँमा हुने डुवानको बारेमा बोल् भने, हामीले पनि डुमाजोर खोलाले बेलाबखतमा दुःख दिएको र पानीको उचित निकास बिना रेलको ड्याम तयार भएकोले घर खेतमा पानी पस्ने गरेको कुरा बताएका थियौँ ।’
 
स्वार्थ पुर्तिका लागि बलिको बोका बनाईयो  : स्थानीय
‘जमिनको सतह भन्दा तल भएको भरत तालको पानी ३० फिट भन्दा अग्लो रेलको ड्याम नाघेर कसरी गाउँमा पस्छ ?’ बोटेले उल्टै प्रतिप्रश्न गरे, ‘सामान्य सोझो मान्छेले पनि नपत्याउने गरेर हाम्रो नाम र फोटो राखेर उनीहरुले ताल र मेयर सापको बद्नाम गर्न खोजेका रहेछन् । हामी अनपढ कुरा बुझेनौ, हाम्रो समस्या सुन्न आएका होलान भनेर आफ्नो सोझो कुरा गरेका थियौ । तर, नेता पन्त र उनीसँग आएका मान्छेले आफ्नो स्वार्थ पुरा गर्न हामीलाई ‘बलिको बोका’ बनाएका रहेछन् ।’
 
आफुहरुले बोल्दै नबोलेको कुरा छापेको भन्दै समाचार प्रकाशित गर्ने अनलाईन पोर्टललाई पुष्टि गर्न चुनौति दिए । अन्यथा आफुहरु कानुनी प्रकृयामा जाने बोट र माझीले चेतावनी दिएका छन् । यसरी समाचारको नाममा गैरकानुनी ढंगले हुदै नभएको र बोल्दै नबोलेको बिषयमा अभिब्यक्तीहरु तोडमोड गर्ने जोकोहीलाई कानुनी कठघरामा उभ्याउन उनीहरुले माग समेत गरेका छन् । नेता पन्तले यस पहिला पनि तालकोे विषयमा अत्यन्त भ्रामक अफवाहहरु फैलाउदै हिडेको स्थानीयको भनाई छ । नगरका सम्पुर्ण नागरिकको आस्थाको केन्द्रको रुपमा रहेको योजनामाथि यसरी फैलाईएको अफवाहको पछि नलग्न नगरपालिका कार्यलयले समेत आग्रह गरेको छ ।

स्थानीयको चेतावनी
आफुहरुलाई एक थोक बोल्न लगाएर अर्को कुरा लेख्न लगाउने नेता पन्त र नेतृ बिश्वकर्मालाई यसरी झुटकोे खेती नगर्न अर्की स्थानीय गिता माझीले चेतावनी दिईन् । उनीहरुले सोझा साझा स्थानीयलाई प्रयोग गरेर समाजमा द्धन्द्ध फैलाउन खोजेको उनीहरुको आरोप छ । बर्षौंदेखी गोडारी खोेलाले आफुहरुको भाडाबर्तन समेत बगाउँदै आएकोमा मेयर थापा प्रतिनिधि भएर आएपछि समस्या समाधान भएको उन्ले बताईन । मेयर थापाको पहलमा गोडारी खोलालाई दुवै तर्फबाट तार जाली गरेर ब्यवस्थापन गरिएको छ ।
 
मेयरको चेतावनी

बागमती नगरपालिकाका मेयर थापाले विकासमा राजनीति नगर्न चेतावनी दिंदै भने, ‘पोखरीको पानी बागमती नगरपालिका–१२, काजिराम टोलमा पस्छ भन्नु, तराईको पानी चुरे कटेर महाभारत लेकमा क्षती गर्छ, भन्नु जस्तै हो ।’ भुगोलको हिसावले पनि भरत ताल उक्त गाउँबाट झण्डै दुई किलो मिटर दक्षिण पश्चिममा पर्दछ । ताल र उक्त गाउँको बिचमा झण्डै ३० देखी ५० फिट सम्मको अग्लो पुर्वपश्चिम विद्युतीय रेल मार्गको ड्याम रहेको छ । भने, तालको ब्यवस्थित आउटलेट तालको दक्षिणतर्फ निर्माण गरिएको छ । जुन आउट लेटबाट निस्किएको पानी गोडारी खोला हुदै पुनः बागमती नदिमा मिसाईएको छ । 

नागरिकको धनजनको सुरक्षामा पोखरी कतैबाट पनि खतरा नहुने मेयर थापाले दावी गरे । तालको विषयमा हुदै नभएका कूतर्क र आधारहिन कपोकल्पित तथा भ्रामक कुरा फैलाउने र नागरिकलाई त्रासमा पार्ने तथा समाजमा द्धन्द्ध सृजना गर्ने काममा केही ब्यक्ती कम्मर कसेर लागेको मेयर थापाको दावी थियो । यस्ता भ्रम फैलाउनेलाई नगरका जनताले विस्तारै चिन्दै गएको भन्दै यस्ता पात्रलाई जनताले समाजबाट लखेट्ने उन्को प्रतिकृया थियो ।
 
हिसाब पारदर्शी छ : मेयर थापा
पोखरी उत्खन्न गर्दा निस्किएको गिट्टि बालुवाको एक–एक हिसाव नगरपालिकामा रहेको दावी गर्दै मेयर थापाले अनुसन्धानमा आफुहरुले सधै सहयोग गरिरहेको दावी गरे । ‘अख्तियारको काम अनुसन्धान गर्ने हो ।’ उन्ले भने, ‘अख्तियारले छानविन गर्ने वित्तिकै कोही दोसी हुदैन् । यसमा यत्रो अफवाह फैलाउनु पर्ने केही छैन् । हामी अख्तियारलाई छानविनका लागि सधै सहयोग गरिरहेका छौ ।’ नगरमा आएर विवरण लिए पोखरीको एक–एक कणको हिसाव पाउने मेयर थापाले बताए ।