close

नयाँ नक्सा पासमा गुलावी रङ अनिवार्य

नयाँ नक्सा पासमा गुलावी रङ अनिवार्य

Trulli
ADVERTISEMENT

स्याङ्जा– हरिया अग्ला पहाडको फेदीमा बगिरहेको आँधीखोला । आँधीखोला किनारको फाँटमा छ वालिङ बजार । वालिङलाई पहाड र सङ्लो आँधीखोलाले सुन्दर बनाएको छ  । त्यसमाथि बजारका घरहरूमा पोतिएको गुलावी रङले झनै मनमोहक बनाएको छ । 

गुलावी रङलाई माया, सद्भाव र उर्जाको प्रतिकको रुपलाई लिइन्छ । स्थानीयमा मेलमिलाप, माया र सद्भाव जागरुक गर्ने उद्देश्यका साथ सोहि रङलाई वालिङ नगरपालिकाले आफ्नो रङ बनाउँदै ‘वालिङ पिङ्क’ नाम दिएको छ । 

पालिकाका सबै क्षेत्रलाई नै गुलावी बनाउने योजनाअनुसार घरहरूलाई रङ्ग्याइएको नगरप्रमुख कृष्ण खाणले बताए । वालिङ नगरपालिकाको प्रसाशकीय भवन, वडा कार्यालय, सरसफाइ केन्द्रदेखि स्थानीयको घर पनि ‘वालिङ पिङ्क’ रङले रङ्गिएका छन् ।  पालिकाभित्र नयाँ घर बनाउँदा नक्सा पास गर्ने क्रममा नै गुलावी रङ अनिवार्य लगाउनुपर्ने नगरपालिकाले नियम राखेको छ । 

वालिङलाई गुलावी रङमा रङ्ग्याउने काम पूर्व नगरप्रमुख दिलीप खाँणको समयमा नै सुरु भएको थियो । २०७४ मा उनी नगरप्रमुख भएपछि बसेको पहिलो नगरसभाबाट वालिङका घरहरूमा गुलावी रङ लगाउने निर्णय गरेको थियो । 

वालिङ पिंकले कलर अफ लभ, कलर अफ इनर्जी, कलर अफ हार्मोनीको प्रतिनिधित्व गर्छ । गुलावी रङलाई माया, सद्भाव र उर्जाको प्रतिकको रुपलाई लिइन्छ । स्थानीयमा मेलमिलाप, माया र सद्भाव जागरुक गर्ने उद्देश्य

नगरपालिकालाई ‘वान कलर’ गर्ने सुझाव स्थानीयबाट आएको र सोही अनुसार नगरपालिकाले पालिकाभर एउटै रङको प्रयोग गर्ने निर्णय गरेको पूर्व नगरप्रमुख खाँणले बताए । पालिकामा कुन कलरलाई पालिकाको कलर बनाउने भनेर छनौट गर्न टोली खटाइएको उनले सम्झिए ।

पूर्व नगरप्रमुख खाँणले भने, ‘वालिङमा प्रयोग गर्ने कलरको सुझाव दिन युवा क्लबहरूबाट टिम बनाएका थियौँ । उहाँहरूले दुई तीन महिना लामो अध्ययन गर्नुभयो । रङसँग सम्बन्धित विज्ञहरूसँग परामर्श लिएर पिंक कल उपयुक्त हुने निश्कर्ष निकालिएको थियो ।’ 

टोलीको सुझावअनुसार नगरपालिकाको बोर्ड बैठकमा छलफल गरेर नगर सभाबाट पास गरेर गुलावी रङलाई ‘वालिङ पिङ्क’ को रुपमा लागु गरिएको उनले बताए । उनले भने, ‘वालिङ पिंकले कलर अफ लभ, कलर अफ इनर्जी, कलर अफ हार्मोनीको प्रतिनिधित्व गर्छ ।’ 

वालिङभित्र नयाँ घर बनाउँदा घरमा गुलावी रङ नै अनिवार्य लगाउनु पर्ने व्यवस्था पालिकाले गरेको छ । घरको नक्सा पास गर्दा नै पिङ्क कलरमा पास गरिने नगरप्रमुख कृष्ण खाँणले बताए । 

उनका अनुसार पालिकाले वालिङ पिङक लागु गरिएको समयमा सुरु सुरुमा रङ खरिद गर्दा अनुदान दिने गरेको थियो । तर, अहिले अनुदानको कार्यक्रम भने नरहेको उनले बताए । ‘नयाँ बनेका घरहरू सबैमा गुलावी रङ नै लगाइएको छ । पुराना घरमा रङ फेर्नुपर्ने समयमा उहाँहरूले पनि पिङ्क कलर नै लगाउनुहुन्छ ।’ 

छुट्टा छुट्टै रङ घरमा लगाउनुभन्दा एउटै कलर घरमा लगाउँदा सहुलियत पनि हुने गरेको नगरप्रमुख खाँणले बताए । ‘पिङ कलर सबैलाई मन पर्छ भन्ने हुँदैन । तर नगरपालिकाको निर्णयमा त्यस्तो कहिँकतैबाट गुनासो आएको छैन ।’

वालिङ एउटै रङमा रङ्गिँदा बाहिरबाट हेर्दा समाजमा एकरुपता देखिएको र अरुभन्दा वालिङको फरक पहिचान बनेको उनले सुनाए । पर्यटन प्ररवर्द्धनमा पनि सहयोग पुगेको उनको दाबी छ । स्थानीय बासिन्दाले सहयोगले मात्र वालिङलाई एक रङको बनाउने काम सफल भइरहेको उनले बताए । ‘नगरवासीको साथ र सहयोगले मात्र यो काम सफल भएको छ,’ नगरप्रमुख खाँणले भने ।