close

वडा वडामा सार्वजनिक सुनुवाई गर्दै फेदीखोला

वडा वडामा सार्वजनिक सुनुवाई गर्दै फेदीखोला

Trulli
ADVERTISEMENT

स्याङ्जा– फेदीखोला गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्ने भएको छ । पालिकाले वडा नं ५ मा यहि फागुन २४ गते सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको गत माघ २८ गते बसेको कार्यपालिका बैठकको निणर्यअनुसार सार्वजनिक सुनुवाई गर्न लागेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । पालिकाका सेवालाई पारदर्शी, उत्तरदायी र जवाफदेही बनाउन गाउँपालिकाले सार्वजनिक सुनुवाई गर्न लागेको हो ।  

पालिकाले प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । गाउँपालिकाले वडा वडामा पुगेर सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको उनले बताए । हाल चालु आर्थिक वर्षमा दोस्रो सार्वजनिक सुनुवाई वडा वडामा सञ्चालन भइरहेको छ । 

यसअघि गाउँपालिकाले वडा नं १ मा दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रम गरेको र पालिकाअन्तर्गतका सम्पूर्ण वडामा सार्वजनिक सुनुवाई गर्ने चरणमा रहेको उनले पालिकाखबरलाई सुनाए ।