close

चैत १ गते सिस्नेको सार्वजनिक सुनुवाइ कार्यक्रम हुने

चैत १ गते सिस्नेको सार्वजनिक सुनुवाइ कार्यक्रम हुने

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– सिस्ने गाउँपालिकाले चैत १ गते सार्वजनिक सुनुवाई गर्ने भएको छ । गाउँपालिकाले विहिबार एक सूचना जारी गर्दै वडा ३ को वडा कार्यालयमा सार्वजनिक सुनुवाई गरिने जनाएको छ ।

गाउँपालिकाको आयोजनामा चैत १ गते वडा ३ को वडा कार्यालयमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गरिन लागेको प्रमुख प्रशासकीय अधिकृत रेवतबहादुर बुढाथोकीले जानकारी दिए । गाउँपालिकाले यो सार्वजनिक सुनुवाईमा स्थान परिवर्तन गरेको छ अधिकृतले बुढाथोकीले पालिकाखबरलाई जानकारी दिए ।

गाउँपालिकाले सरोकारवाला सम्पूर्ण नागरिक तथा पालिकाबासी, गाउँपालिका, वडा र मातहतका संस्थाहरुको सेवा प्रवाह, विकास निर्माणलगायतका विविध विषयमा सल्लाह, सुझाव र गुनासो भए सोको सवाल जवाफ गर्न सकिने सूचनमा उल्लेख छ । कार्यक्रम दिउसो २ बजे वडा ३ को कार्यालयमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।