close

लुम्बिनी प्रादेशिक अस्पतालमा औषधी तथा बिरामी सुरक्षा युनिट उद्घाटन

लुम्बिनी प्रादेशिक अस्पतालमा औषधी तथा बिरामी सुरक्षा युनिट उद्घाटन

Trulli
ADVERTISEMENT

रुपन्देही - लुम्बिनी प्रादेशिक अस्पतालमा औषधीतथा बिरामी सुरक्षा युनिट स्थापना भएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले उक्त युनिटको उद्घाटन गरेका हुन् । यस्तो युनिट सरकारी अस्पतालमा नेपालमै पहिलो हो ।


विश्व बिरामी सुरक्षा दिवसको अवसर पारेर युनिट स्थापना गरिएको युनिटमा औषधीको प्रयोग कसरी गर्ने, औषधीले साइड इफेक्ट गर्छ÷गर्दैन, धेरै औषधी एकै पटक खाँदा त्यसको असर के हुन सक्छ तथा औषधी कसरी सेवन गर्ने विषयमा परामर्श दिने गरिन्छ ।


प्रादेशिक अस्पतालका क्लिनिकल फर्माकोलोजिस्ट डा. विजय भण्डारीले यो युनिटमा सेवाप्रदान गर्नेछन् । दुई साताअघि अस्पतालमा नियुक्त भएका उनले बिरामी सुरक्षा दिवस पारेर यो सेवा शुभारम्भ गरिएको बताए ।


कार्यक्रममा मेसु डा.खनालले लुम्बिनी अस्पतालमा विशिष्टकृत सेवा बढ्दै गएको जानकारी दिए । ‘पूर्वाधार निर्माणसँगै अस्पतालमा विशिष्टीकृत सेवा समेत विस्तार भइरहेका छन्’, उनले भने, ‘यो युनिट पनि अस्पतालका लागि निकै महत्वपूर्ण हो । यसबाट बिरामीले लाभ लिनेछन् ।’


ओपिडीका रुपमा सञ्चालन हुने युनिटमा  बिरामीकालागि कुनै डाक्टरले औषधी लेखिसकेपछि उनीहरूले त्यहाँ परामर्श लिन सक्नेछन् । ‘युनिटबाट बिरामीको उपचारका लागिदिइएको औषधीको प्रयोग, यसले गर्ने असर, एकैपटक धेरै प्रकारका औषधीखाँदा हुने असरका विषयमा सफ्टवेयरबाट अध्ययन गरी परामर्श दिइनेछ’, डा. भण्डारीले भने ।


युनिट बिरामी र डाक्टरबीच सुमधुर सम्बन्ध स्थापितमा सहयोग हुने उनको विश्वास छ । बिरामीहरूले डाक्टरले औषधी बिकाउन धेरै खानभन्यो भन्ने आरोप लगाउने प्रचलनलाई युनिट स्थापनाले अन्त्य गर्ने दाबी डा. भण्डारीको छ ।