close

इच्छाकामना गाउँपालिकामा १० शैयाको आइसोलेशन

इच्छाकामना गाउँपालिकामा १० शैयाको आइसोलेशन

Trulli
ADVERTISEMENT

चितवन -  कोरोना संक्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्लाको इच्छाकामना गाउँपालिकाले १० श्ययाको आइसोलेसन तयार गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ मुग्लिनमा रहेको थकाली सेवा समाजको भवनमा पाँच र गाउँपालिका परिसरको स्वास्थ्य चौकीमा पाँच शैयाको आइसोलेसन निर्माण गरिएको हो । 

 

स्वास्थ्य शाखा प्रमुख वासु सापकोटाका अनुसार सो गाउँपालिकामा हालसम्म १३ जना संक्रमित पुगेका छन् । तीमध्ये आठ जनामा हाल पनि संक्रमण रहेको छ । गाउँपालिका अध्यक्ष गीता गुरुङका अनुसार संक्रमित थपिएको अवस्थामा थकाली सेवा समाजको भवनमा थप पाँच शैया विस्तार गरिने छ । यस्तै फिस्लिङमा पनि आइसोलेशन सञ्चालन गर्न सकिने उनले जानकारी दिनुभयो ।

 

हाल क्वारेन्टिन बनाइएका विद्यालयमा पनि आइसोलेशन बनाउन सकिने गुरुङको भनाइ छ  । गाउँपालिकाले गरेको मेहेनत र स्थानीय जनताको साथ र सहयोगकै कारण हालसम्म संक्रमण फैलन नपाएको भन्दै उनले स्वास्थ्य मापदण्ड पालना गर्न गाउँवासीलाई अनुरोध गरेकी छिन् । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ५१४ पुगेको छ ।