close

संविधान  दिवसको अवसरमा  कोभिड फ्रन्टलाइनरलाई सम्मान

संविधान  दिवसको अवसरमा  कोभिड फ्रन्टलाइनरलाई सम्मान

Trulli
ADVERTISEMENT


जुम्ला -  पाँचौ संविधान दिवस अवसरमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंक्तिमा रहेर काम गर्ने नगरपालिकाका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको छ । चन्दननाथ नगरपालिकाले संविधान दिवस अवसरमा स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । 


सम्मानित हुनेमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल जुम्लाका रजिस्ट्रार विश्वराज काफ्ले, अस्पताल निर्देशक डा. मंगल रावल र डा. धीरज गुरुङ रहेका छन् ।  त्यसैगरी जनस्वास्थ्य सेवा  कार्यालयका जनस्वास्थ्य निरीक्षक प्रेम सोमाई, आयुर्वेद डा. प्रतिभा शर्मालाई पनि सम्मान गरिएको छ । 


चन्दननाथ नगरपालिकाका  स्वास्थ्य शाखा प्रमुख पृथ्वीनाथ योगी, जनस्वास्थ्य निरीक्षक  क्षेत्रबहादुर महतलगायत नगरपालिकाले १४ स्वास्थ्यकर्मीलाई सम्मान गरेको हो । कार्यक्रममा नगरप्रमुख कान्तिका सेजुवालले आधारभूत नागरिक अधिकारका लागि नगरपालिकाले सक्दो प्रयास गरिरहेको बताइन् । 

 

जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख कार्मा बुढाले इमानदारपूर्वक काम गरे नगरपालिकाको विकास निर्माण अगाडि बढ्ने बताए ।