close

खिजीदेम्वाद्वारा समुदायस्तरमा कोरोना परीक्षण 

खिजीदेम्वाद्वारा समुदायस्तरमा कोरोना परीक्षण 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - जिल्लाको खिजीदेम्बा गाउँपालिका आफैंले किट खरिद गरेर समुदाय स्तरमा कोरोना संक्रमणको परीक्षण गर्ने भएको छ । समुदाय स्तरमा कोरोना परीक्षण गर्ने क्रममा ७३ जनाको पीसीआर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले गरेको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


खिजीदेम्बाले गाउँपालिकाभित्र जनसम्पर्कमा रही काम गर्ने सरकारी कर्मचारी, इलाका प्रहरी कार्यालयमा कार्यरत सबै प्रहरी र वडा–वडा तथा खिजिफलाटे बजारमा रहेका होटल, पसल सञ्चालकको कोरोना परीक्षण गर्ने योजना बनाएको छ । त्यसका लागि सुरुआती चरणमा गाउँपालिकासहित ७३ जनाको स्वाब संकलन गरी परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय स्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । 


‘सरुवा भएर आएका १ प्रहरी कर्मचारीकी छोरीमा कोरोना देखिएपछि समुदाय स्तरकै प्रतिनिधित्व हुने गरी हामीले कोरोनाको स्वाब संकलन गरेका थियौं,’ खिजीदेम्बा गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले भने, ‘रिपोर्ट नेगेटिभ आएकाले हालसम्म सुरक्षित छौं भन्ने प्रारम्भिक अवस्था आकलन गर्न सक्छौं ।’


आफैंले किट खरिद गरेर समुदाय स्तरकै प्रतिनिधित्व हुने गरी कोरोनाको पीसीआर परीक्षण गर्नेमा खिजीदेम्बा जिल्लाकै पहिलो गाउँपालिका हो । गाउँपालिकाले आप्mनै ल्याब असिस्टेन्टलाई केन्द्रीय स्वास्थ्य प्रयोगशालामा पठाएर कोरोनाको पीसीआर परीक्षणका लागि स्वाब संकलनको तालिमसमेत दिएको थियो ।


सोही कारण अहिले स्वाब संकलन र परीक्षणका लागि पठाउने कार्य सहज भएको छ । यसअघि जिल्लाबाट स्वाब लिने स्वास्थ्यकर्मी गाउँपालिका आउँदा र स्वाब पठाउँदा ढिलाइ हुनुका साथै खर्च पनि बढी हुने गरेको थियो ।


गाउँपालिकाले रिपोर्ट नआउन्जेलसम्म कोरोना नियन्त्रणमा उच्च सतर्कता अपनाउँदै आएको छ । गाउँपालिकाले बुधबारे साप्ताहिक हाट र मानिसको धेरै भीडभाड हुने सबै कार्यक्रममा रोक लगाएको छ । गाउँपालिकाभन्दा बाहिरबाट आउने र गाउँपालिकाबाहिर जान आ–आफ्नो वडाको समन्वय आवश्यक पर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष रोका बताउँछन् ।