close

कालीगण्डकी गाउँपालिका कोरोना मुक्त

कालीगण्डकी गाउँपालिका कोरोना मुक्त

Trulli
ADVERTISEMENT

स्याङ्जा - स्याङ्जाको कालीगण्डकी गाउँपालिकाका १५ जनाको कोरोना पिसिआर नतिजा नेगेटिभ आएसँगै गाउँपालिका कोरोना मुक्त भएको छ ।


नेपालबाहिरबाट आएर कालीगण्डकी गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका १२ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ । 


असोज ४ मा उनीहरूको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।


यस्तै, कालीगण्डकी गाउँपालिकामै आइसोलेसनमा रहेका १ जना र अन्य २ जनाको पनि असोज १ मा स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको थियो ।


आइसोलेसनमा रहेका १ जना कोरोना जितेर घर फर्किएका छन् । कालीगण्डकीमा हालसम्म २१ जनामा कोरोना संक्रमण पुष्टि भएकामा सबै  निको भएर घर फर्किसकेका छन् ।