close

संक्रमित भेटेर ‘गेट वेल सुन’ भन्दै आएका ललितपुर महानगरका मेयरमा देखियो कोरोना 

संक्रमित भेटेर ‘गेट वेल सुन’ भन्दै आएका ललितपुर महानगरका मेयरमा देखियो कोरोना 

Trulli
ADVERTISEMENT

ललितपुर– कोरोना संक्रमितको घरमै पुगेर स्वास्थ्यलाभको कामना गर्दै औषधि बाँढिरहेका ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन आफै कोरोना संक्रमित बनेका छन् । 

स्वास्थ्यमा सामान्य समस्या देखिएपछि परीक्षण गराएका महर्जनमा आज कोरोना संक्रमण भएको पुष्टि भएको महानगरपालिकाले जनाएको छ । 

संक्रमण हुनुअघि उनी नगरका विभिन्न स्थानमा होम आइसोलेसनमा बसेका संक्रमितलाई भेटेर स्वास्थ्यलाभको कामना गरिरहेका थिए । 

संक्रमण पुष्टि भएपछि उनी हाल बखुण्डोलस्थित आफ्नै घरमा आसोलेसनमा बसेका छन् । यसअघि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई पनि कोरोना संक्रमण भएको थियो । उनी निको भइसकेका छन् ।