close

स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण दिँदै होमनेट 

स्वास्थ्यकर्मीलाई स्वास्थ्य उपकरण दिँदै होमनेट 

Trulli
ADVERTISEMENT


काठमाडौं -  कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै जाँदा संक्रमितसँगै स्वास्थ्यकर्मी पनि उत्तिकै जोखिममा परेका छन् । 


डब्लुएचओको तथ्याङ्कले पनि कोरोनाले सर्वसाधारणसँगै स्वास्थ्यकर्मीलाई थप जोखिममा पारेको देखाएको छ । 

 

अनौपचारिक क्षेत्रका श्रमिकहरुको हक अधिकारका लागि लामो समयदेखि काम गर्दै आएको होमनेट नेपालले विभिन्न वैदेशिक संघ संस्थाहरुको सहयोगमा उपत्यकाका स्वास्थ्य संस्थाहरुमा व्यक्तिगत सुरक्षा उपकरण प्रदान गरिरहेको छ । 

 

ललितपुर र काठमाडौंका अधिकांश स्थानीय तहमा पीपीई लगायतका सुरक्षा सामग्री वितरण गरिसकेको उक्त संस्थाले उपत्यकाका सबै तहमा सुरक्षा सामाग्री प्रदान गरिरहेको होमनेट नेपालका कार्यकारी निर्देशक ओम थपलियाले पालिका खबरलाई बताए । 

 

कोरोना संक्रमण विरुद्ध खटिने स्वास्थ्यकर्मीहरुको सुरक्षा भए मात्र नागरिक सुरक्षित हुने भन्दै शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले होमनेटकाे अभियान उपलव्धि मूलक रहेको बताए । 

 

महामारीको समयमा गैरसरकारी संस्थाले केही काम गरेनन भनेर आलोचना भइरहेका बेला होमनेटले भने गतिलो काम गरेको भन्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मीले धन्यवाद दिइरहेको कार्यकारी निर्देशक थपलिया बताउँछन् ।