close

भक्तपुर नगरपालिकाद्वारा आइसोलेसन सञ्चालन 

भक्तपुर नगरपालिकाद्वारा आइसोलेसन सञ्चालन 

Trulli
ADVERTISEMENT

भक्तपुर - कोरोना भाइरस (कोभिड–१९) सक्रमितको उपचारका लागि भक्तपुर नगरपालिकाले शनिबारदेखि आइसोलेसन केन्द्रको सञ्चालनमा ल्याएको छ । नगरपालिकाले ब्रम्हायणीस्थित बहुउद्देश्यीय भवनमा आइसोलेसन सञ्चालन गरेको हो । 

नगरपालिकामा कोरोना संक्रमण परिवार–परिवार र समुदायमा फैलिन थालेपछि नगरपालिकाले ७५ श्याको आइसोलेसन केन्द्र सञ्चालन ल्याएको  नगरप्रमुख सुनिल प्रजापतिले जानकारी दिए । सरकारले निर्धारण गरेको मापदण्डअनुसार तयार गरिएको उक्त आइसोलेसनमा नगरपालिकाले घरमा आइसोलेसन सम्भव नभएका कोरोना संक्रमितलाई राखिने छ । 


आइसोलेसन केन्द्रको माथिल्लो तल्लामा महिला कक्ष, दोस्रो तल्लामा पुरुष कक्ष, पहिलो तल्लामा जोखिम वर्गमा परेका जस्तै ज्येष्ठ नागरिक, बालबालिका, गर्भवतिलाई राख्ने र भुइँ तल्लामा प्रशासनिक, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी बस्ने छन् । 
    
आइसोलेसनमा प्रत्येक संक्रमितका लागि अलग–अलग पानी तताउने इलेक्ट्रिक जग, निःशुल्क वाईफाई, मोबाइल चार्जको छुटाछुटै एक्सटेन्सन वायर, म्युजिक सिस्टम र प्रत्येक तल्लामा पढ्नका लागि किताब, पत्रपत्रिका, छुट्टाछुट्टै थर्मोमिटर, पल्स अक्सिमिटर र पीपीई सेटको व्यवस्था गर्नुका साथै दैनिक चार छाक पोषणयुक्त खाना र खाजा खुवाइने नगरप्रमुख प्रजापतिले जानकारी दिए । 
    
आइसोलेसन केन्द्रका लागि प्रत्येक दिन तीन नर्स र दुई डाक्टरले सेवा प्रवाह गर्नेछन् । प्रशासनिक, सरसफाइ र स्वास्थ्यकर्मी गरी १० कर्मचारी खटिने छन् । संक्रमितका लागि होम आइसोलेसन व्यवहारिक नभएको ठहर गर्दै नगरपालिकाले छुट्टै आइसोेलेसनको व्यवस्था गरेको हो ।

 

आइसोलेनमा बस्दा बिरामीलाई अप्ठेरो महसुस भएको खण्डमा डाक्टरको सल्लाहमा नपाको डेडिकेटेड एम्बुलेन्समार्फत सो  अस्पतालमा थप उपचारका लागि पठाइनेछ ।