close

गौर नगरपालिकाद्वारा स्वास्थ्य केन्द्र निर्माण

गौर नगरपालिकाद्वारा स्वास्थ्य केन्द्र निर्माण

Trulli
ADVERTISEMENT

रौतहट - रौतहटको गौर नगरपालिका वडा-१ र वडा-५ मा निर्माण भएको आधारभूत स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ चौकी भवन उद्घाटन नगरपालिका प्रमुख अजयकुमार गुप्ताले गरेका हुन् ।


स्थानीय स्तरमा सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएका ती भवन १ तले रहेका छन् ।


गौरमा एउटा मात्र जिल्ला अस्पताल रहेकाले स्वास्थ्य सेवामा पहुँच नहुने समुदायलाई स्थानीय स्तरमै स्तरीय प्राथमिक सेवा पुर्‍याउने लक्ष्य रहेको नगरप्रमुख गुप्ताले बताए ।


कार्यक्रममा वडा–१ का वडाध्यक्ष भरत साह र ५ नम्बर वडाका वडाध्यक्ष रामस्वार्थ राय यादव पनि सहभागिता थियो । 


नगरप्रमुख गुप्ताले नगरपालिकाका ६ वटै वडामा नयाँ स्वास्थ्य केन्द्रको भवन निर्माण गरिने लक्ष्य रहेको बताए । हालसम्म ४ वटा भवन बनिसकेको उनको भनाइ छ ।


‘नगरबासीले आफ्नै ठाउँमा स्तरीय स्वास्थ्य सेवा लिन पाउन् भनेरै स्वास्थ्य केन्द्रका भवन निर्माण गरिएको हो’, नगरप्रमुख गुप्ताले भने । नियमित सञ्चालन आएका आधारभूत स्वास्थ्य सेवा केन्द्रमा १ अहेव र १ अनमीले स्थानीयलाई सेवा दिनेछन् ।