close

सूर्योदयको कोराना खर्च ७५ लाख

सूर्योदयको कोराना खर्च ७५ लाख

Trulli
ADVERTISEMENT

इलामको सूर्योदय नगरपालिकाले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणमा भएका कामको प्रगति र खर्च विवरण  सार्वजनिक गरेको छ । नगरपालिकाले शनिबार आयोजना गरेको कार्यक्रममा १२ चैतदेखि २०७५ देखि गत असारमसान्तसम्म भएको खर्च र प्रगति विवरण सार्वजनिक गरेको हो । 

नगरले सीमावर्ती क्षेत्र पशुपतिनगरमा निगरानी र सचेतनाका काम थालेको नगरपालिकाले जिल्लामै प्रभाभकारी रुपमा कोरोना नियन्त्रणको काम गरेको थियो ।
 
भारतीय सीमावर्ती नाका पशुपतिनगरबाट मानिसको बाक्लो आवातजावत भएका कारण बढी जोखिममा रहेको सूर्योदय नगरपालिकाले पशुपतिनगर, कर्फोक, कन्याम लगायतका पाँच स्थानमा सात सय बेडको क्वारेन्टाई निर्माण गरेको छ ।

उक्त क्वारेन्टाईन निर्माण देखि क्वारेन्टाईन ब्यवस्थापन, नेपालका बिभिन्न स्थान, भारत र अन्य देशबाट आएका ब्यक्तिको उद्दारमा नगरपालिकाले गरेको खर्च सार्वजनिक जिल्लामै पहिलो पटक सूर्योदय नगरपालिकाले गरेको छ ।

नगरले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको कोरोना कोष मार्फत असार मसान्त सम्ममा क्वारेन्टाईन निर्माण, स्वास्थ्य सामग्री खरीद, राहत बितरण, क्वारेन्टाईनमा बस्नेलाई खाना खर्च, यातायात खर्च गरी ७५ लाख ६६ हजार ७ सय ८ रुपियाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ ।

नगरपालिकाले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा संघीय सरकार, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय इलाम, नगरका जनप्रतिनिधि, कर्मचारी, र बिभिन्न संघ संस्था तथा ब्यक्तिबाट गरी ८७ लाख ९ हजार २७ रुपियाँ जम्मा भएको थियो । 

असार मसान्त सम्ममा १० लाख पाँच हजार ९८ रुपियाँ कोषमा बचत रहेको नगरपालिकाका आन्तरिक लेखा अधिकृत प्रदिप चापाँगाईले जानकारी दिए ।

शुरुमै सीमानाका पशुपतिनगरमा हेल्थ डेक्स स्थापना गरेर कोरोना नियन्त्रणमा लागेको नगरपालिकाले उक्त अवधिमा ३ सय ६६ जनाको आरडीटी र ९ सय ५६ जनाको पीसीआर टेष्ट गरेको नगरपालिकाका कोरोना फोकल पर्सन बिपुल अधिकारीले जानकारी दिए ।

परीक्षण गरिएका मध्ये १५ जनामा कोरोना संक्रमण देखिएको थियो । उक्त अवधिमा नगरले निर्माण गरेका क्वारेन्टाईनमा ६ सय ८२ जना बसेको फोकल पर्सन अधिकारीले जानकारी दिए । 

भारतमा काम गरी पशुपतिनगर नाकाबाट नेपाल प्रवेश गरेका दोलखा लगायतका जिल्लाका ५५ जनालाई नगरले बसको ब्यवस्था गरी पु¥याउने काम गरेको थियो ।

आम्दानी खर्च सार्वजनिक कार्यक्रममा सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राईले पूर्वको ढोकाको रुपमा रहेको पशुपतिनगरमा राम्रो ब्यवस्थापन गरेका कारण इलाम सहितका जिल्लालाई सुरक्षित राख्न सफल भएको बताए ।

चियाको राजधानी मानिएको नगर क्षेत्रमा कोरोनाकै महामारीका बिच पनि मापदण्ड बनाएर चिया टिप्ने र उद्योग संचालनको काम भएको थियो । उक्त कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले सूर्योदय नगरपालिकाले कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक गरेर उत्कृष्ठ काम गरेको बताउदै अन्य पालिकाले पनि सिको गर्नु पर्ने बताए ।