close

डँडेल्धुरामा साढे दुई हजारमै  पिसिआर गर्ने

डँडेल्धुरामा साढे दुई हजारमै  पिसिआर गर्ने

Trulli
ADVERTISEMENT

डडेल्धुरा अस्पतालले २ हजार ५ सय रुपैयाँमा पिसिआर जाँच गर्ने भएको छ । कोरोना जाँच गर्न इच्छुकको अस्पतालले जाँच गरिने जनाएको छ ।

यसअघि अस्पतालले आपतकालीन अवस्थामा एक घन्टाभित्र पिसिआर रिपोर्ट दिने जनाएको थियो । स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइको पत्र र अस्पताल विकास समितिको निर्णयअनुसार सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालले जनाएको छ ।

साधारण अवस्थामा नेपाल सरकारले जाँच गरिरहेको परिधिभित्र नपरेकाहरूलाई सो शुल्कमा पिसिआर जाँच गर्न सकिने अस्पतालका मेसु जगदीशचन्द्र विष्टले बताए ।

डडेल्धुरा अस्पतालमा आजसम्म तीन कोरोना भाइरस संक्रमित छन् । दुई सातायता अस्पतालमा भर्ना भएका उनीहरूको स्वास्थ्यावस्था सामान्य रहेको र आज दोस्रो रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए ।