close

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि हुम्ला अस्पताल सिल

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि हुम्ला अस्पताल सिल

Trulli
ADVERTISEMENT

हुम्ला– जिल्ला अस्पताल हुम्लाका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागी सेवा बन्द गरेको छ ।


२ कात्तिकमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको गरी १७ जनाको स्वाव संकलन गरी कोरोना परीक्षणका लागीसुर्खेत पठाएकोमा मंगलबार दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ ।


एक जना महिला स्वास्थ्यकर्मीमा ४ कात्तिकमा कोरोना पोजेटिभ देखिएपछि इमरजेन्सी र प्रसुति सेवाबाहेक अन्य सेवाहरु बन्द गर्दै अस्पताल सिल गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिइन् ।


हुम्लामा पहिलो पटक जिल्ला अस्पतालका एक जना अनमी महिला स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।