धनकुटा- मंगलबार बेलुकी प्रदेश १ का सांसद इन्द्रमणि पराजुलीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ बविज्ञान प्रतिष्ठान धरानमा पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो ।
केही दिनअघिदेखि ज्वरो आउने, जिउ दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि सोमबार स्वाब दिइएको थियो । पराजुली विराटनगरबाट केही दिनअघि धनकुटा फर्किएका थिए । उनी कोरोनाको लक्षण देखिएपछि घरमै सुरक्षित बसेका थिए ।
उनका सवारी चालक सन्तोष रायमाझीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिपछि उनी र उनका सवारी चालक होम आसोलेसनमा बसेका छन् । सामाजिक सन्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराउँदै आफूसँग सम्पर्कमा आएकाहरूलाई सुरक्षित रहन आग्रह गरेका छन् । सुरुका दिनमा गाह्रो महसुस गरेका पराजुली अहिले स्वास्थ्य अवस्था सामान्य भएको बताउँछन् ।
उनकी श्रीमतीमा पनि कोरोना लक्षण देखिएको पराजुली बताउँछन् तर पुष्टि भने भएको छैन ।
अहिले कोरोना संक्रमण पुष्टि हुनेको संख्या धनकुटामा ६८ पुगेको छ भने ५५ जना कोरोनामुक्त भइसकेको स्वास्थ कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले जानकारी दिए ।