close

तौलिहवाका नगरप्रमुख र बुटवल उपमहानगरका उपप्रमुखलाई कोरोना संक्रमण

तौलिहवाका नगरप्रमुख र बुटवल उपमहानगरका उपप्रमुखलाई कोरोना संक्रमण

Trulli
ADVERTISEMENT

रूपन्देही- तौलिहवा नगरपालिकाका नगरप्रमुख किरण सिंहलाई कोरोना संक्रमण भएको छ । उनलाई तौलिहवाको बाटो विस्तारलगायतका काम तथा जनतासँग प्रत्यक्ष भेटघाट गरी सेवा गर्ने क्रममा कोरोना संक्रमण भएको बताइएको छ । 

पीसीआर परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमा बसेका छन् । यता, बुटवल उपमहानगरपालिका उपप्रमुख गोमादेवी आचार्यलाई पनि कोरोना संक्रमण देखिएको छ । उनीसहित उनका परिवारमा समेत कोरोना संक्रमण देखिएको छ । उनीहरू होम आइसोलेसनमा बसेका छन् । सिद्धार्थ नगरपालिका उपप्रमुख उमा काफ्ले भने कोरोना संक्रमणमुक्त भएकी छन् ।