close

हलेसीले भन्योः ‘बाहिरबाट आउने व्यक्ति हप्ता दिन होम क्वारेन्टाइनमा बस्नू’

हलेसीले भन्योः ‘बाहिरबाट आउने व्यक्ति हप्ता दिन होम क्वारेन्टाइनमा बस्नू’

Trulli
ADVERTISEMENT

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका- ६ मंगलटारमा स्वदेश तथा विदेशबाट आउने सर्वसाधारणलाई अनिवार्य हप्ता दिन होमक्वारेन्टाइनमा बस्न भनिएको छ । दशैँ, तिहार मनाउनका लागि स्वदेश तथा विदेशबाट घर आउने क्रममा संक्रमण फैलिने खतरा भएका कारण वडा कार्यालय मंगलटारले घर आएको सात दिनसम्म होमक्वारेन्टाइनमा बस्न आग्रह गरेको हो । 


वडा कार्यालयले बुधबार सूचना जारी गर्दै आफू, आफ्नो परिवार तथा छरछिमेकलाई संक्रमण हुनबाट जोगाउँदै दशैँ तिहार मनाउन भनेको छ । 


हप्ता दिनसम्म होम आइसोलेसनमा बस्न सके गाउँमा संक्रमण फैलिने खतरालाई कम गर्न सकिने भएकाले होम आइसोलेसनको विकल्प नभएको मंगलटारका वडा अध्यक्ष रमेश राउतले बताए । 


‘चाडवाड मनाउन शहरबाट गाउँ आउने नागरिकबाट संक्रमण फैलिने खतरा बढेको छ । घर आउने व्यक्तिलाई नआऊ भन्न पनि मिलेन’, वडा अध्यक्ष राउतले भने, ‘यो बेलामा क्वारेन्टाइनमा राख्न पनि सकिँदैन । त्यही भएर हप्ता दिनसम्म घरबाट अन्यत्र नजानू भनिएको हो । संक्रमण फैलिन नदिने योभन्दा उत्तम विकल्प देखिएन ।’ 


जिल्लामा दशैँ, तिहार मनाउनका लागि आउने कतिपय व्यक्तिबाट कोरोना संक्रमणको जोखिम बढेको छ । तर, उनीहरूलाई होम क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनमा स्थानीय सरकारको ध्यान जान सकेको छैन ।