close

रुकुमपूर्वका तीन वटै स्थानीय तहमा एम्बुलेन्स सेवा

रुकुमपूर्वका तीन वटै स्थानीय तहमा एम्बुलेन्स सेवा

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व)– जिल्लाका तीन वटै स्थानीय तहमा एम्बुलेन्स सेवा पुग्ने भएको छ । पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकामा गाउँपालिका मातहतको एम्बुलेन्स सेवा हुने भएको हो । प्रति एम्बुलेन्सको लागत मूल्य ९ लाख ९१ हजार ८ सय रुपैयाँको छ ।


पुथा र सिस्नेले आफै एम्बुलेन्सको लागि बजेट विनियोजन गरेका छन् भने भूमेले प्रदेश सरकारले दिएको अनुदानको रकमले एम्बुलेन्स खरिद गर्ने गाउँपालिकाले जनाएको छ ।


तीन वटै गाउँपालिकाको लागि तीन वटा एम्बुलेन्स खरिद गरिएकोमा अबको तीन÷चार दिनमै गाउँपालिकामा पठाउने तयारी भइरहेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमका जिल्ला सहजकर्ता लिलामणि गौतमले जानकारी दिए । गत आर्थिक वर्षमा गाउँपालिकाले खरिद प्रक्रिया अगाडि बढाएकोमा विभिन्न कारणले गत वर्ष एम्बुलेन्स खरिद हुन सकेको थिएन ।


एम्बुलेन्स सेवा पुगेसँगै जटिल बिरामीका लागि अब सहज सेवा प्राप्त हुनेछ । एम्बुलेन्स सेवा सञ्चालनको लागि गाउँपालिकाले बनाएको एम्बुलेन्स सञ्चालन एवं सवारी साधन सञ्चालन कार्याविधि अनुसार सेवा दिइने गाउँपालिकाले जनाएका छन् ।


जटिल अवस्थाका बिरामीका लागि सार्वजनिक सवारी साधनमा रिजर्भ गरी स्वास्थ्य संस्थामा पु¥याउनु पर्ने बाध्यता एवं झन्झटिलो अवस्था अब हट्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताए ।  


गाउँपालिकाबासीको सजिलो सेवाको लागि गाउँपालिका मातहतमा एम्बुलेन्स सेवा लिइएको तीन वटै गाउँपालिकाले बताएका छन् । जिल्लामा हाल जिल्ला अस्पतालमा एक एम्बुलेन्स रहेकोमा अब जिल्लामा चार वटा एम्बुलेन्स हुनेछन् ।