close

चापाकोटमा आँखा उपचार केन्द्र

चापाकोटमा आँखा उपचार केन्द्र

Trulli
ADVERTISEMENT

स्याङ्जा - चापाकोट नगरपालिकाको सुन्तलीटारमा आँखा उपचार केन्द्र स्थापना भएको छ । बीएम फाउन्डेसन र ताइवान प्रिभेन्टिभ ब्लाइन्डनेस फाउन्डेसनको प्राविधिक सहयोगमा स्थानीयलाई आँखा उपचारमा सहयोग पुर्‍याउन केन्द्र सञ्चालन गरिएको हो ।


आँखा उपचार केन्द्रबाट सेवाग्राहीले आँखा परीक्षण, चस्मा वितरण र माइनर ओटीको सेवा प्राप्त गर्न सक्नेछन् ।उपचार केन्द्र सुरु भएपछि पोखरा, पाल्पा जानुपर्ने बाध्यता अन्त्य हुने बीएम फाउन्डेसनका अध्यक्ष बुद्धिमान श्रेष्ठले जानकारी दिए ।


शिविर कार्यक्रममा समाजसेवी सीताराम गैरे, टुकराज पाठक, नेत्र सहायक देविका गौतम र समाजसेवी मेघनाथ चापागाईले आँखा उपचार केन्द्र स्थापनाले चापाकोटबासीले राहत महसुस गरेको बताए ।करिब ३० लाखको लागतमा केन्द्र स्थापना गरिएको हो । शिविरमा करिब १ सय ५०  बालबालिका, युवक–युवती र वृद्धवृद्धाहरूले आँखाको उपचार गराएका थिए ।


आँखा उपचार केन्द्रको उदटन गर्दै चापाकोट नगरपालिका–९ का वडाध्यक्ष शंकरभक्त भण्डारीले आँखापीडितले राहत पाउने विश्वास व्यक्त गरे । आँखा शिविर शुभारम्भ अवसरमा ३ वर्षदेखि ८७ वर्षसम्मका वृद्धाले उपचार गराएका थिए ।


शिविरमा धेरै समस्या देखिएका आँखा रोगीहरूलाई पोखरास्थित आँखा अस्पतालमा रिफर गरिएको आँखा विशेषज्ञ प्रोफेसर डा. सचेत प्रभात श्रेष्ठले जानकारी दिए ।