close

मंसिरमा राष्ट्रिय भिटामिन कार्यक्रम

मंसिरमा राष्ट्रिय भिटामिन कार्यक्रम

Trulli
ADVERTISEMENT

काठमाडौं- राष्ट्रिय भिटामिन ए कार्यक्रम आउँदो मंसिरमा सञ्चालन हुने भएको छ ।

यसअघि कात्तिकमै भिटामिन ए र जुकाको औषधी खुवाउने गरिए पनि यस पटक कोरोना भाइरसको जोखिमका कारण पछाडि धकेलिएको हो ।

परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिं तिंकरीले मंसिर ११ र १२ गते भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम तय भएको जानकारी दिए ।

सरकारले हरेक वर्ष वैशाख र कात्तिकमा पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन र जुकाको औषधी खुवाउने अभियान चलाउँदै आएको छ । तर, यस पटक कोरोनाको जोखिमका कारण वैशाख महिनामा कार्यक्रम हुन सकेन ।

एक महिना ढिलो गरी अभियान भएकाले अहिले पनि एक महिना पछि सरेको महाशाखाका निर्देशक डा. तिंकरीले बताए ।

६ महिनाको अन्तरमा जन्मेका ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधी खुवाउनुपर्ने डा. तिंकरीको भनाइ छ ।
बालबालिकालाई भिटामिन ए र जुकाको औषधीसँगै बालभिटा र पाखुराको नापसमेत लिइनेछ ।