close

रुकुमपूर्वका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाइँदै

रुकुमपूर्वका स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवाको पहुँच बढाइँदै

Trulli
ADVERTISEMENT

रुकुम पूर्व - जिल्लाको तीन स्थानीय तह पुथाउत्तरगंगा, भूमे र सिस्ने गाउँपालिकाले नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा जोडेका छन् ।


स्थानीय तह नभएको समयमा सामान्य चेकजाँच तथा औषधीका लागि घन्टौं हिँड्नुपर्ने अवस्थामा हाल स्थानीय तहले सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिदिएपछि सामान्य बिरामीका लागि टाढाको स्वास्थ्य संस्था धाउनुपर्ने बाध्यता हटेको हो ।


पुथाले १० वटा, भूमे र सिस्नेले ६-६ वटा गरी रुकुमपूर्वका ३ स्थानीय तहले नागरिकको पायक पर्ने २२ ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेपछि दुर्गम बस्तीका स्थानीयलाई सहज भएको छ ।


पुथामा वडा–२ पेल्मामा, वडा–५ कागरजन्ङमा, वडा–३ रन्मामा, वडा–४ अर्जलमा, वडा–९ खाराबाङमा, वडा–७ जाङलगायत गरी गाउँपालिकाले १० ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरी दुर्गम बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पु¥याएको गाउँपालिका अध्यक्ष ओमप्रकाश घर्ती मगरले बताए ।


भूमेमा वडा–१ लुकुम, वडा–७ धर्मशाला, वडा–५ सेराबाङ, वडा– ३ झुम्लाबाङ, वडा–८ का कोर्जा र कुचिबाङ गरी ६ ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको छ ।


यस्तै, वडा–१ सिस्ने, वडा–२ छिपखोला, वडा–८ भुरुंगा, वडा–७ नाथिगाड, वडा– ६ खोपिचार, वडा–४ अम्लाचौर गरी गाउँपालिकाले ६ ठाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ ।


गाउँपालिकाले स्थापना गरेका सामुदायिक स्वास्थ्य इकाइमा १ अनमी, १ अहेबले सेवा दिइरहेका छन् । कुनैमा स्वास्थ्यकर्मी अभाव रहेकाले अनमीबाट मात्र सेवा प्रवाह भइरहेको गाउँपालिकाले जनाएका छन् । स्वास्थ्यकर्मी अभाव रहेको स्वास्थ्य इकाइमा छिट्टै पदपूर्ति गरिनेछ ।


साविकको रुकुम हुँदा १५ स्वास्थ्य चौकीबाट मात्र स्वास्थ्य सेवा पाइरहेका थिए । नयाँ जिल्ला र स्थानीय तह स्थापना भएदेखि १५ स्वास्थ्य चौकीसँगै १ जिल्ला अस्पताल, १ प्राथमिक स्वास्थ्य केन्द्र र २२ सामुदायिक स्वास्थ्य इकाइ गरी ३९ स्वास्थ्य संस्थाबाट नागरिकले सेवा पाइरहेका छन् ।