close

बेलकोटगढीकाे कोरोना बिमा

बेलकोटगढीकाे कोरोना बिमा

Trulli
ADVERTISEMENT

नुवाकोट– नुवाकोटको बेलकोटगढी नगरपालिकाले नगरभित्र अपांगता भएका व्यक्ति एवं आर्थिक अवस्था कमजोर रहेका १ हजार ३ सयको कोरोना बिमा गरिदिने भएको छ ।

नगर कार्यपालिकाको ४१ औं बैठकले नगरपालिकामा रहेका १३ वडामा प्रत्येक वडाबाट १ सयको दरले १ हजार ३ सयको कोरोना बिमा गर्ने निर्णय गरेको हो ।

नगरप्रमुख राजेन्द्ररमण खनाल अध्यक्षताको बैठकले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा गठन गरिएको वडास्तरीय कोरोना रोकथाम समूहमार्फत सिफारिस गर्नुपर्नेछ ।

‘कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले स्थानीयलाई सहयोग गर्ने उद्देश्यले एक व्यक्तिका लागि ६ सय रुपैयाँको दरले लाग्ने खर्च नगरपालिकाले बेहोर्छ’, नगरप्रमुख खनालले भने, ‘त्यसका लागि आवश्यक बजेट विनियोजन गरेका छौं ।’

आर्थिक र शारीरिक रुपमा कमजोर वर्ग÷समूहलाई नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर सेवा पु¥याइरहेको खनालले दाबी गरे ।

होम आइसोलेसनमा बस्नेलाई ५ हजार

बेलकोटगढीबासीलाई कोरोना लागेर होम  आइसोलेसनमै बस्नुपर्ने अवस्था भए संक्रमित व्यक्तिलाई रोग प्रतिरोधात्मक क्षमता बढाउन पौष्टिक तथा सन्तुलित खानपानको प्रबन्धका लागि एकमुष्ठ ५  हजार रुपैयाँ दिने निर्णय नगरपालिकाले गरेको छ ।

‘रोगको जोखिम बढ्दै गएकाले आगामी दिनमा जोसुकै संक्रमित हुन सक्ने अवस्था छ । त्यसका लागि १ हजार जना घरकै आइसोलेसनमा बस्नुपर्ने अवस्थालाई दृष्टिगत गरी ५ लाख बजेट छुट्याएका छौं’, खनालले भने ।

कोरोना संक्रमणका कारण नगरबासीको दैनिकी प्रभावित भएकाले थप आर्थिक व्ययभार नपरोस् भनेरै कमजोर वर्गलाई बिमा र होम आइसोलेसनमा बस्नेलाई रकम दिने निर्णय भएको खनालले जानकारी दिए ।