close

रौतहटको इशनाथमा कोभिड अस्पताल संचालन

रौतहटको इशनाथमा कोभिड अस्पताल संचालन

Trulli
ADVERTISEMENT

रौतहट - रौतहटको इशनाथ नगरपालिकामा पहिलो पटक कोरोना अस्थायी अस्पताल संचालनमा आएको छ ।

 

इशनाथ नगरपालिका– ९ डुमारिया परोहा हेल्थ पोस्टमा आज बुधबारदेखि पूर्ण रूपमा कोभिड– १९ अस्थायी अस्पताल संचालनमा आएको हो ।

 

नगर प्रमुख सन्तोषकुमार मेहताले मंगलबार एक कार्यक्रमका बीच उक्त अस्थायी अस्पतालको उद्घाटन गरेसँगै अस्पताल संचालनमा आएको हो ।

 

इशनाथ नगरपालिकाको आर्थिक सहयोगमा उक्त अस्पताल सञ्चालन गरिएको नगरप्रमुख मेहताले बताए ।

 

अस्पतालमा कोरोना लागेका संकास्पद बिरामीको उपचारको लागि डा. रविकुमार मेहतालाई खटाइएको उनले बताए ।

 

कोरोनाबाट नगरवासीको ज्यान जोगाउन तथा समुदाय स्तरमा कोरोना फैलिन नदिन उक्त अस्थायी अस्पताल संचालन गरिएको प्रमुख मेहताको भनाइ छ ।