close

पुथाउत्तरगंगाका २ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर 

पुथाउत्तरगंगाका २ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर 

Trulli
ADVERTISEMENT

रुकुमपूर्व - जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाले दुई स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापनाको काम अन्तिम चरणमा पु¥याएको छ । पुथा-५ हुकाम र पुथा-१४ राङ्सी स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको हो । 


पुथा–५ स्वास्थ्य चौकी हुकाममा बर्थिङ सेन्टर स्थापनाका लागि चालू आर्थिक वर्षमा वडाले ५ लाख बजेट विनियोजन गरेको छ भने गत आर्थिक वर्षमा साढे ४ लाख र चालू आवको गरी साढे ९ लाखमा बर्थिङ सेन्टर स्थापनाको काम अन्तिम चरणमा पुुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र बुढाक्षेत्रीले बताए ।


यसैगरी पुथा–१४ को स्वास्थ्य चौकी राङ्सीमा गत र अघिल्लो आर्थिक वर्षको गरी १२ लाखमा  बर्थिङ सेन्टर स्थापना गरिएकोमा प्रसूति सेवा सञ्चालन गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट स्वीकृति लिने काम बाँकी रहेको अधिकृत बुढाक्षेत्रीले जानकारी दिए । 


स्वास्थ्य चौकी राङ्सीमा प्रसूति सेवा भवन निर्माण गरी बर्थिङ सेन्टरमा आवश्यक पर्ने औजार तथा उपकरण खरिद गरी जडान गरिएको छ भने स्वास्थ्य चौकी हुकाममा केही औजार उपकरण खरिद र जडान बाँकी रहेको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक समिर गिरीले बताए । पुथामा ५ स्वास्थ्य चौकी रहेकामा हुकाम र राङ्सीमा मात्र हालसम्म बर्थिङ सेन्टर स्थापना नभएको गिरीको भनाइ छ ।  


‘राङ्सीमा सबै काम अन्तिम चरणमा पुगेकाले दसैंसम्म प्रसूति सेवा सञ्चालनमा ल्याइँदै छ भने हुकाममा भने १/२ महिनापछि प्रसूति सेवा सञ्चालनमा ल्याइनेछ’, स्वास्थ्य संयोजक गिरीले भने ।
बर्थिक सेन्टर स्थापनाका लागि मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमले गत आर्थिक वर्षमा केही उपकरण सहयोग गरेको छ । 


हाल उक्त २ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर नभएकाले प्रसूति सेवाका लागि गर्भवती महिलालाई ३/४ घन्टा बोकेर सुविधा भएको ठाउँमा पु¥याउनुपर्ने बाध्यता छ । 


प्रसूति सेवा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा पनि मापदण्डअनुसार सेवा सुविधा नभएकाले अधिकांश सुत्केरी व्यथाले च्यापेका गर्भवतीलाई सदरमुकाम तथा हेलिकप्टरमार्फत उद्धार गरेर अन्यत्र जिल्लामा पठाउनुपर्ने बाध्यता छ ।