close

बयलपाटा अस्पतालका लागि सरकारले बजेटको व्यवस्था गर्ने

बयलपाटा अस्पतालका लागि सरकारले बजेटको व्यवस्था गर्ने

Trulli
ADVERTISEMENT

अछाम– नेपाल सरकारले अछाम जिल्लास्थित बयलपाटा अस्पतालका लागि आवश्यक बजेटको व्यवस्था गर्ने बताएको छ ।

गैरसरकारी संस्था न्याय हेल्थ नेपालद्वारा स्वास्थ्य मन्त्रालयसँगको साझेदारीमा संचालित बयलपाटा अस्पतालका लागि बजेटको व्यवस्था गर्ने प्रतिबद्धता सरकारले गरेको छ ।

नेपाल सरकारद्वारा गठित वार्ता टोली र डा. गोविन्द केसीबीच शनिबार राती भएको सहमतिमा बयलपाटा अस्पतालबाट निःशुल्क सेवा प्रवाह गर्न आवश्यक बजेटको व्यवस्था गर्ने उल्लेख छ ।

डा. केसीले अछामस्थित बयलपाटा अस्पताललाई नियमित आवश्यक बजेटको व्यवस्था गरी दिगो र निःशुल्क सेवा सुनिश्चित गरिनुपर्नेलगायतका छ बुँदे माग राखेर २८ दिनअघि जुम्लाबाट आमरण अनशन सुरु गरेका थिए ।