close

स्ट्रेचरसमेत छैन स्वास्थ्य चौकीमा, घाइतेलाई खाटमा बोकेर अस्पताल

स्ट्रेचरसमेत छैन स्वास्थ्य चौकीमा, घाइतेलाई खाटमा बोकेर अस्पताल

Trulli
ADVERTISEMENT

दार्चुला– शैल्यशिखर नगरपालिका–४ मल्लो काडाँपारीका ६४ वर्षीया झुम्तीदेवी धामी आइतबार बिहान १० बजेतिर खर काट्ने क्रममा लडेर गम्भीर घाइते भइन् ।

 

लडेको झण्डै दुई घण्टा पछि घर परिवारलाई थाहा पायो । गवाड खोलामा खर काट्न गएको बेला उनी लडेर घाइते भएकी हुन् । यो बेला दार्चुलाका अधिकांश ठाउँमा खर काट्ने सिजन शुरु भएको छ ।


उनलाई गाउँकै रानीशिखर स्वास्थ्य चौकीसम्म पुर्याउन तीन चार घण्टा बढि समय लाग्यो । स्वास्थ्य चौकीसम्म पुर्याउन धामी परिवारले स्ट्रेचरसमेत पाउन नसकेको पीडित परिवारले गुनासो गरेका छन् । पीडितका श्रीमान तारासिंह धामीले घट्नास्थलबाट स्वास्थ्य चौकीसम्म पुर्याउन स्टेचर नपाएको बताए ।


‘गाउँभरी स्टेचर खोजेँ पाइएन’, उनले भने, स्वास्थ्य चौकीमासमेत नपाएपछि खाटमा राखेर घाइतेलाई स्वास्थ्य चौकी लगियो ।’ लडेर गम्भीर घाइते धामीको गर्धन र खुट्टामा चोट लागेको छ । स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि आइतबार बेलुकी गोकुलेश्वर अस्पताल रिफर गरिएको स्वास्थ्य चौकीका सिनियर अहेव कृष्णानन्द पन्तले बताए ।


‘स्वास्थ्य चौकीमा रहेको स्ट्रेचर यसअघि विरामी लिएर कता कता छोडेछन् । गाउँमै स्ट्रेचर पाउनै मुस्किल भएपछि एक घण्टाको बाटोमा खटियामा राखेर विरामी ल्याए’, उनले भने । निशिखर हालसम्म सडक सञ्जालसँग जोडिएको छैन । भिरालो बाटोमा पुरानो स्ट्रेचरमा राखेर उपचारका लागि स्वास्थचौकी लैजानु परेको उनले बताए ।