close

कर्मचारीमा कोरोना देखिएपछि मनहरि गाउँपालिका बन्द

कर्मचारीमा कोरोना देखिएपछि मनहरि गाउँपालिका बन्द

Trulli
ADVERTISEMENT

हेटौँडा– मकवानपुरको पश्चिमी क्षेत्र मनहरि गाउँपालिका कार्यालय छ दिनका लागि बन्द गरिएको छ । कर्मचारीहरूमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो ।


२२ असोजमा मनहरि स्वास्थ्य चौकीबाट संकलित नमुना (स्वाब) परीक्षण गर्दा गाउँपालिका केन्द्र रहेको रजैया क्षेत्रका स्थानीय र कार्यालयका कर्मचारीहरूमा कोरोना देखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिृकत देवराज चौलागाईंले जानकारी दिए । थप संक्रमणको जोखिम बढेकाले कार्यालय बन्द गर्नुपरेको उनको भनाइ छ ।


कार्यालय १ कात्तिकबाट मात्र खुल्ने गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । कार्यालय बन्द हुँदा सर्वसाधारणमा पर्न गएको असुविधाप्रति गाउँपालिकाले क्षमा मागेको छ । यसअघि पनि गाउँपालिकाका कर्मचारी र स्थानीयमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका कार्यालय र रजैया क्षेत्र सिल गरिएको थियो ।


मनहरि गाउँपालिका जिल्लामा धेरै संक्रमित रहेको स्थानीय तहको सूचीमा दोस्रो स्थानमा पर्छ । गाउँपालिकाले संक्रमणका कारण एक पुरुषको मृत्यु भएपछि कोभिड– १९ अस्थायी अस्पताल संचालनमा पनि ल्याएको छ । हाल मनहरि आइसोलेसनमा आठ जना संक्रमित उपचाररत छन् ।