close

कटहरियामा बन्यो स्वास्थ्यचौकी भवन, नगरप्रमुख कुशवाहाद्वारा उदघाट्न 

कटहरियामा बन्यो स्वास्थ्यचौकी भवन, नगरप्रमुख कुशवाहाद्वारा उदघाट्न 

Trulli
ADVERTISEMENT

रौतहट - रौतहट जिल्लाको कटहरिया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले स्वास्थ्य चौकीको उद्घाटन गरेका छन् । मंगलबार एक कार्यक्रमका बीच वडा नम्बर– १ बडेडवा टोलमा निर्मित स्वास्थ चौकी भवनको उद्घाटन गरेका हुन् ।


नगरपालिकाको १० लाख रुपैयाँको लगानीमा सुविधा सम्पन्न भवन निर्माण गरिएको हो । नगर प्रमुख कुशवाहाले स्वास्थ सेवामा कुनै किसिमको हेलचेक्र्याइँ र कन्जुस्याइँ नगरी सेवामा जागरुकता देखाई सहज तरिकाले प्रभावकारी भूमिका निर्वाह गर्न स्वास्थकर्मीलाई आग्रह गरेका छन् । 


उनले आगामी दिनमा आवश्यक परे थप व्यवस्थापन गरी सेवालाई अझ प्रभावकारी बनाउँदै लैजाने सोच रहेको बताए । कुशवाहाले जनगुनासोलाई पूरा महत्त्वका साथ ध्यानमा राखी जनताको अपेक्षालाई आफूले सधैँ प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता जाहेर गरे ।