close

कोरोना नियन्त्रणमा बेसीशहरले सक्यो ८७ लाख

कोरोना नियन्त्रणमा बेसीशहरले सक्यो ८७ लाख

Trulli
ADVERTISEMENT

लमजुङ– कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा लमजुङको बेसीशहर नगरपालिकाले ८७ लाख भन्दा बढी खर्च गरेको छ ।


कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेसीशहर नगरपालिकाले आर्थिक बर्ष २०७६/०७७ मा ७० लाख ३५ हजार ९ सय ५ रुपैया र चालु आर्थिक बर्षको अहिलेसम्म १६ लाख ९७ हजार ५ सय २१ रुपैयागरी कूल ८७ लाख ३३ हजार ४ सय २६ रुपैया खर्च गरेको हो ।


खर्च भएको मध्ये आर्थिक बर्ष २०७६/०७७ मा राहत वितरणमा ३२ लाख ४८ हजार ७५ रुपैया, क्वारेन्टाईन निर्माण तथा व्यवस्थापनमा ६ लाख ३० हजार ३ सय ४०, स्वास्थ्य सहायतामा खटिने कर्मचारी, नगरप्रहरीहरुलाई खाना/खाजामा १ लाख ४६ हजार ८ सय ४ खर्च भएको छ ।


त्यसैगरी क्वारेन्टाईनमा बस्नेहरुलाई खाना-खाजा ४ लाख ४० हजार ३ सय ३०, औषधी तथा स्वास्थ्य सामाग्रीमा १४ लाख ५६ हजार ३ सय ५, फोहरमैला व्यवस्थापनमा १४ लाख, अनुगमन निरिक्षणमा ९२ हजार १ सय, क्वारेन्टाईन संचालन तथा जिल्ला विप्द व्यवस्थापन समितिमा ६ लाख १८ हजार ३ सय, प्रचार-प्रसार २ लाख ४३ हजार ६ सय ५० रुपैया खर्च भएको हो ।


बेसीशहर नगरपालिकाको कोरोना भाइरस रोकथाम, नियन्त्रण र राहत कोषमा गत वर्ष १ करोड १७ लाख ९७ हजार २८ रुपैया रहेकोमा ७० लाख ३५ हजार ९ सय ५ रुपैया खर्च भएको छ ।


कोषमा नगरपालिकाले गत वर्ष १ करोड बिनियोजन गरेको थियो भने उक्त कोषमा प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट १० लाख, नगरपालिकाको कर्मचारी तलबकट्टीबाट २ लाख ९९ हजार ३ सय ३८, विभिन्न संघसंस्थाबाट प्राप्त ९५ हजार १ सय १ र महालेखा नियन्त्रण कार्यालय मार्फत गरी कूल १ करोड १७ लाख ९७ हजार २८ रुपैयाँ नगरपालिकाको कोषमा थियो ।


चालु बर्षमा भने नगरपालिकाले कोरोनामा मा २० लाख छुट्टाएको थियो ।  प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट १० लाखगरी कूल ३० लाख बजेट कोषमा जम्मा भएकोमा चालु बर्षको अहिलेसम्म १६ लाख ९७ हजार ५ सय २१ रुपैया खर्च भएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख मनोज सिंह बोहराले बताए । कोरोना रोकथाम तथा नियन्त्रणमा सकेसम्म मितब्ययी रुपमा खर्च गरिएको  नगर प्रमुख गुमानसिंह अर्यालले वताए ।