close

नवलपुरमा पीसीआर मेसिन जडान, परीक्षण हुन अझै एक महिना लाग्ने

नवलपुरमा पीसीआर मेसिन जडान, परीक्षण हुन अझै एक महिना लाग्ने

Trulli
ADVERTISEMENT

नवलपुरासी पूर्व-  पूर्वी नवलपरासीमा कोरोना संक्रमितहरुको पहिचान गर्नका लागि स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि  मेसिन आइपुगेको छ ।

 

जिल्ला अस्पताल डण्डामा रहने गरी राखिने उक्त मेसिन शनिबार एक औपचारिक कार्यक्रम गरी हस्तान्तरण गरिएको छ । तथापि जिल्लामै पीसीआर परीक्षण हुन भने एक महिना बढी लाग्ने भएको छ ।

 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केवश चापागाईले पीसीआर मेसिन आइपुगे पनि उक्त मेसिनका लागि स्थान व्यवस्थापन, जनशक्ति व्यवस्थापन, मेसिनको क्वालिटी परीक्षणलगायतले गर्दा  मेसिन सञ्चालनका लागि कम्तीमा एक महिना लाग्ने बताए ।

 

प्रदेश सांसद तिलक महतले जिल्ला अस्पतालका अध्यक्ष डा. गोपाल खनाललाई उपकरण हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा प्रदेश सांसद रोशन गाहा, विष्णु लामिछाने, जिल्ला समन्यव समिति नवलपुरका संयोजक चेसराम आले, जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाई लगायतले बोलेका थिए ।

 

पिसिआर मेसिन सञ्चालनमा आएपछि भने नवलपुरमा संकलित स्वाब परीक्षणका लागि चितवन, हेटौडा, पोखरा लगायतका क्षेत्रमा पठाउनु पर्ने बाध्यता भने हट्ने छ । अहिलेसम्मको तथ्यांक अनुसार नवलपुरमा संक्रमितको संख्या १ हजार २ सय ९९ पुगेको छ । जसमध्ये १० जनाको निधन भएको छ भने ८ सय ५० जना निको भएका छन् ।