close

चिसापानी अस्पतालको सेवा बन्द

चिसापानी अस्पतालको सेवा बन्द

Trulli
ADVERTISEMENT

 

नवलपरासी– बर्दघाट–२ स्थित चिसापानी अस्पतालमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि बहिरंग सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अर्को सूचना नभएका सम्मका लागि सेवा बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शान्ति केसीले जानकारी दिईन ।

त्यस्तै आकस्मिक सेवा भने सुचारु रहेको अस्पतालले जानकारी दिएको छ । १५ शैयाको उक्त अस्पतालमा दैनिक बिरामीको भीड हुने भएकाले थप संक्रमण नफैलियोस् भनेर सेवा बन्द गरिएको डाक्टर केसीले बताइन् ।


त्यस्तै अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीसहित अग्रपंक्तिका ब्यक्तिहरुकोे सोमबार स्वाब संकलन गरी परिक्षणका लागि पठाइएको छ । ३१ जनाको स्वाव पठाइएको बर्दघाट नगरपालिका स्वास्थ्य शाखामा कार्यरत जनस्वास्थ्य निरीक्षक गोपाल पाण्डेल जानकारी दिए ।