close

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै खिजीदेम्वा 

स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै खिजीदेम्वा 

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको खिजीदेम्वा गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाएर नागरिकको पहुँच बढाउने काम थालेको छ । त्यसका लागि पालिकाले पहिलो चरणमा स्वास्थ्यकर्मीको अभाव पूर्ति गर्ने भएको छ ।


संघीय र प्रदेश सरकारले कोरोना महामारीका कारण लोकसेवा आयोगको परीक्षामार्फत उत्तीर्ण स्वास्थ्यकर्मी पठाए पनि जिल्ला नआउँदा समस्या भएपछि गाउँपालिकाले करारमा नियुक्ति गरेर स्वास्थ्य संस्थामा पठाएको छ । 


स्वास्थ्य संस्थामा अपुग स्वास्थ्यकर्मी नियुक्ति गरेर खटाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले जानकारी दिए । उनले भने, ‘स्वास्थ्य सेवाको पहुँच विस्तारका लागि स्वास्थ्यकर्मी नियुक्ति गरेर परिचालन गरेका छौं ।’


गाउँपालिकाका वडाहरू दुर्गममा रहेको र त्यहाँका स्वास्थ्य संस्था तथा युनिटमा स्वास्थ्यकर्मी अपुग भएकाले साधारण स्वास्थ्य सेवा गाउँमै दिन जनशक्ति  नियुक्त गरिएको गाउँपालिकाले जनाएको छ । ६ जना हेल्थ असिस्टेन्ट नियुक्त गरेर खटाइएको छ । 


जिल्लाकै दुर्गम गाउँ समेटिएको खिजीदेम्वाले यसअघि जिल्लाबाहिर उपचारका लागि सर्वसाधारण महँगोमा गाडी रिर्जभ गर्न बाध्य भएपछि एम्बुलेन्स खरिद गरेर न्यूनतम भाडादरमा एम्बुलेन्स सेवा दिएको थियो । 


अहिले गाउँपालिका केन्द्रमा कोरोना अस्पताल स्थापनाका लागि कर्मचारी नियुक्तिको काम गरिसकेको छ भने खिजीफलाँटे स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पतालका रुपमा सञ्चालन गर्ने तयारी छ ।