नवलपरासी पश्चिम– सरकारले १० शय्याको अस्पताल बनाउने योजनासहित रकम उपलब्ध गराए पनि स्थान अभावले पिरोलिएको सुस्ता गाउँपालिकाले जग्गा पाएको छ ।
पालिकाको चिन्तालाई संन्यासी पुरी र उनी नेतृत्वको बालपुरी कुटीले समाधान गरिदिएको छ । बालपुरी कुटीले जग्गा दिएपछि सुस्ता गाउँपालिकाले सुस्ता–२ कुडियामा अस्पताल शिलान्यास गरेको हो ।
महन्थका नामले परिचित संन्यासी मनराज बालपुरीबाबाको उत्तराधिकारी मानिन्छन् । बालपुरीबाबा धामले ४ कठ्ठा जग्गा दान दिएपछि सुस्ताले अस्पताल शिलान्यास गरेको छ ।
‘हामीले पालिकामा आधारभूत स्वास्थ्य सेवा पु¥याउन पहल लिएका छांै’, गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेयले भने, ‘जग्गा व्यवस्थापन भएपछि अस्पताल निर्माण सुरु गरेका हौं ।’
बालपुरी बाबाका ५२ मठ छन् । मठका जग्गामा दलालहरूको आखाँ पर्दै आएको थियो । दलालबाट बचाएको जग्गा अस्पताललाई दिन पाएपछि खुसी लागेको मनराज बताउँछन् । मुद्दा–मामिलाका क्रममा भिड्दै जग्गा बचाएको उनले सुनाए ।
‘जग्गाको लालपुर्जासमेत छ’, स्थानीय ज्ञानप्रसाद पाठक भन्छन्, ‘पुर्जावाला जग्गामा अस्पताल शिलान्यास भयो । चाहिए अझै दिन्छौं ।’ गाउँपालिकाका अध्यक्ष पाण्डेले बालपुरी कुटीले अस्पतालले चाहेजति जग्गा दिन सहमत भएको बताए ।
सुस्ताले मनराजसहित आश्रममा क्रियाशील समितिका पदाधिकारीलाई जग्गा दिएको भन्दै सम्मानसमेत गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रप्रसाद बस्यालले जानकारी दिए । गाउँमै आधारभूत स्वास्थ्य सेवाका लागि अस्पताल शिलान्यास हुनु सकारात्मक भएको स्थानीय अमित खड्का बताउँछन् ।
कतै स्वास्थ्य चौकी, कतै अस्पताल शिलान्यास
नवलपरासीको बर्दघाट नगरपालिका वडा–१ मा स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । नगरप्रमुख धीरज शर्मा बस्यालले उक्त भवन शिलान्यास गरे ।
बस्यालले नगरमा आधारभूत स्वास्थ्य सेवा पु¥याउन वडा–वडामा स्वास्थ्य चौकी निर्माण भइरहेको बताए । पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गर्ने कार्यक्रम सुरु गर्न लागिएको जानकारी उनले दिए ।
वडा–१ का वडाध्यक्ष मोतीलाल सुनारले करिब २८ लाख बजेटमा अस्पताल निर्मा(ा गरिन लागेको बताए ।
प्रतापपुरमा जगन्नाथपुर प्राथमिक स्वास्थ्य चौकीलाई १५ शय्याको अस्पताल बनाउन कार्यवाहक अध्यक्ष अन्जुकुमारी चौधरीले शिलान्यास गरेको प्रमुख प्रशासकीय अधिकृत भेषराज खनालले जानकारी दिए ।
त्यस्तै, रामग्राम–४ मा पनि आधारभूत स्वास्थ्य चौकी शिलान्यास भएको पालिकाले बताएको छ । सरावल गाउँपालिकामा भने जग्गा विवाद समाधान नभएपछि अस्पाताल शिलान्यास हुन सकेन । ‘सहमति नहँुदा अस्पताल शिलान्यास गर्न सकिएन’, प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकाश पौडेलले भने ।