close

भुल्केका स्थानीयकाे आँगनमै स्वास्थ्य सेवा

भुल्केका स्थानीयकाे आँगनमै स्वास्थ्य सेवा

Trulli
ADVERTISEMENT

ओखलढुंगा - ओखलढुंगाको सुनकोसी गाउँपालिकाले वडा- ६ स्थित भुल्केमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । सामुदायिक स्वास्थ्य इकाइ भवनको गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले उद्घाटन गरे । 


यो वडामा स्वास्थ्य चौकी थिएन । साविक मूलखर्क गाविसलाई संघीयतासँगै २ वडामा विभाजन गरिएपछि वडा- ५ तर्फ स्वास्थ्य चौकी परेको थियो ।

 

गाउँपालिकाको दुर्गममध्येको यो गाउँमा लामो समयदेखि स्थानीय सामान्य स्वास्थ्य सेवा लिन सदरमुकाम ओखलढुंगा धाउन बाध्य थिए । 

 

यस पटक गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सेवा पाइनेमा स्थानीय आशावादी छन् । ‘पहिले भवनसमेत थिएन । अहिले भवन बन्यो । अब नियमित स्वास्थ्यकर्मी र औषधी पनि दिनुपर्छ,’ स्थानीय युवा शम्भु धमला भन्छन्, ‘विकास सडक भत्काउने मात्रै होइन, स्वास्थ्य, शिक्षा र सुरक्षा नागरिकका लागि अनिवार्य सर्त हो ।’

 

हाललाई १ स्वास्थ्यकर्मी तोकेर सेवा सुरु भएको छ । गाउँपालिकाले ३ लाख ५० हजार रुपैयाँमा इकाइ भवन निर्माण गरेको हो ।