close

स्थानीयकाे स्वास्थ्य अवस्था बुझ्न अपिहिमालका स्वास्थ्यकर्मी घरघरमा

स्थानीयकाे स्वास्थ्य अवस्था बुझ्न अपिहिमालका स्वास्थ्यकर्मी घरघरमा

Trulli
ADVERTISEMENT

दार्चुला -दार्चुलाको अपिहिमाल गाउँपालिकाले कोरोना असरबारे जानकारी लिन स्वास्थ्यकर्मी घरभेट तथा परामर्श कार्यक्रम सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगै कोरोना बढी सक्रिय हुने अवस्थाको चेकजाँच गर्न यो कार्यक्रम सञ्चालन गरिएको हो ।


गाउँपालिकाका हरेक घरधुरीमा स्वास्थ्यकर्मी पठाएर दीर्घरोगी तथा कोरोना लक्षणको अवस्थाबारे जानकारी लिन परामर्श सेवा सञ्चालन गरिएको हो ।

 

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर बिहीबार कार्यक्रम उद्घाटन गरे ।

 

‘दीर्घरोगी तथा चिसोका बेला कोरोनाको असरबारे चेकजाँच गर्न स्वास्थ्यकर्मीलाई अक्सोमिटर, इन्फाइरेट थर्मोमिटर र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पीपीई सेट हस्तान्तरण गरेका छौँ,’ गाउँपालिका अध्यक्ष मन्यालले भने ।

 

चिसोका बेला दीर्घरोगीलाई बढी समस्या हुने भएकाले घरघरमै स्वास्थ्य परामर्श दिन सुझाइएको उनले बताए । हिमाली क्षेत्र भएको कारण यहाँ अत्यधिक चिसो हुन्छ । 

 

कार्यक्रमअन्तर्गत बिहीबारबाट हरेक वडाका बस्तीस्तरमै स्वास्थ्यकर्मी परिचालन गरेर घरभेट तथा परामर्श सेवा सुरु गरिएको स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताए । ६ वटै वडामा एकसाथ स्वास्थ्यकर्मी परिचालन गरिएको उनले जानकारी दिए ।