close

बर्दघाटलाई संयुक्त राष्ट्रसंघकाे एक लाख थान सर्जिकल मास्क उपहार 

बर्दघाटलाई संयुक्त राष्ट्रसंघकाे एक लाख थान सर्जिकल मास्क उपहार 

Trulli
ADVERTISEMENT

नवलपरासी- नवलपरासीको बर्दघाट नगरपालिकाले एक लाख थान सर्जिकल मास्क प्राप्त गरेको छ । संयुक्त राष्ट्रसंघ अफिस फर साउथले नगरलाई कोरोना संक्रमण नियन्त्रणका लागि मास्क सहयोग गरेको हो । 

 

चीनमा उत्पादित यी मास्क बिहीबार नगरपालिका प्रमुख धीरज शर्मा बस्याललाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा नगरप्रमुख बस्यालले कोरोना संक्रमणमा धेरै दातृ संस्थालाई आह्वान गरिएको सहयोगस्वरूप यी मास्क प्राप्त भएको बताए । 

 

नगरप्रमुख बस्यालले ‘नगरबासीलाई विपद्का बेला सहयोग गर्ने दाताहरूको प्रयास सकारात्मक छ । यसबाट कोरोना संक्रमण नियन्त्रणमा सघाउ पुग्नेछ’, नगरप्रमुख बस्यालले भने । 

 

कार्यक्रममा संयुक्त राष्ट्रसंघ अफिस फर साउथ साउथका प्रतिनिधि सुदीप अर्यालले नगरपालिकाले सहयोग मागेबमोजिम मास्क उपलब्ध गराइएको बताए । बर्दघाट र बाँकेको खजुरा गरी दुई नगरपालिकालाई सहयोग गरिएको अर्यालले जानकारी दिए ।

 

मास्क हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख मायादेवी पौडेल, प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या, योजना अधिकृत पुष्कर काफ्ले, स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीलगायत उपस्थित थिए ।