close

कीर्तिपुरमा खुल्यो मैत्रीनगर सहरी स्वास्थ्य केन्द्र

कीर्तिपुरमा खुल्यो मैत्रीनगर सहरी स्वास्थ्य केन्द्र

Trulli
ADVERTISEMENT

काठमाडौं- कीर्तिपुर नगरपालिका वडा नम्बर २ मैत्री नगरमा मैत्रीनगर सहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ । नगरभित्रका नागरिकलाई स्वास्थ्य पहुँच पुर्‍याउन स्वास्थ्य केन्द्र स्थापना गरिएको नगरपालिकाले जनाएको छ । 

 

सबै वडामा सहरी स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको नगरपालिकाले बताएको छ । कीर्तिपुर नगरप्रमुख रमेश महर्जनले स्वास्थ्य केन्द्रको उद्घाटन गरे ।

 

कार्यक्रममा नगरप्रमुख महर्जनले स्वास्थ्यमा सबैको सहज पहुँच हुनुपर्ने बताए । ‘कीर्तिपुर अस्पतालसँग मिलेर र नगरपालिकाले सहुलियत दरमा स्वास्थ्य बिमा कार्यक्रम गरिरहेको छ’, महर्जनले भने । 

 

यो स्वास्थ्य केन्द्रबाट नगरपालिकाले ज्येष्ठ नागरिकलाई निःशुल्क प्रेसर र सुगरका औषधी वितरण गर्ने उनले जानकारी दिए । नगरपालिकाको वडा नम्बर १, २ र ३ सम्मका मैत्रीनगरबासीलाई स्वास्थ्य केन्द्र खुलेपछि सहज हुने नगरप्रमुख महर्जनले बताए ।


कार्यक्रममा उप-प्रमुख सरस्वती खड्काले नगरपालिकाले सम्पूर्ण नगरमा समान रूपले विकासका काम गरिरहेको दाबी गरिन् । उनले भनिन्, ‘पुरानो बस्तीका बासिन्दाले नयाँ बस्तीमा मात्र विकास गर्‍यो र नयाँ बस्तीकाले पुरानोमा मात्र विकास गर्‍यो भन्ने गुनासा अब हट्छन् ।’

 

स्वास्थ्य केन्द्रमा तीन जना स्वास्थ्यकर्मी रहने छन् । सबै वडामा स्वास्थ्य केन्द्र निर्माणको काम भइरहेको उपप्रमुख खड्काले जानकारी दिइन् ।