close

बर्दघाटका घरमा सुत्केरी हुन नपाइने

बर्दघाटका घरमा सुत्केरी हुन नपाइने

Trulli
ADVERTISEMENT

नवलपरासी पश्चिम– पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका १५ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको छ । कार्यक्रममा बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले नगरलाई पूर्ण संस्थागत सुत्केरी नगरका रुपमा परिचित बनाउन वडा वडामा अभियान संचालन गरिएको बताए ।

 

उनले गत वर्ष वडा नम्बर १४ लाई पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको उल्लेख गर्दै यो अभियानलाई तीब्रता दिने जानकारी दिए । बस्यालले नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका प्रतिवद्ध रहेको उल्लेख गर्दै सबै वडामा स्वास्थ्य चौकी निर्माण अभियान तीब्र गतिमा सञ्चालन भइरहेको बताए ।

 

कार्यक्रममा उपप्रमुख मायादेवी पौडेलले अब गाउँ गाउँबाट स्वास्थ्य सेवा उपलब्ध हुने बताईन । अब प्रसव बेदना लिएर टाढा जानुपर्ने अवस्था अन्त्य भएको उपप्रमुख पौडेलको भनाइ थियो ।

 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्या वडा नम्बर १२ का वडाध्यक्ष मानबहादुर मल्ल, कार्यपालिका सदस्य ईशा सुनार, जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोखरेल, पत्रकार रवि पाण्डेय, मनकाजी परियार लगायतले मन्तव्य राखेका थिए ।

 

आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन  

 

नगरका सबै वडामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गर्न लागि परेको बर्दघाट नगरले वडा नम्बर १५ मा बुधवार आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेको छ ।

 

स्वास्थ्य शाखा प्रमुख माधव ज्ञवालीका अनुसार सबै वडामा स्वास्थ्य पहुँच बृद्धि गर्न नगरले स्वास्थ्य संस्थाहरुको स्थापनामा जोड दिएका हो । यसवर्ष सबै वडामा स्वास्थ्य संस्था संचालन गर्ने योजना रहेको उनको भनाई थियो ।