close

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रललाई एक्सरे मेसिन हस्तान्तरण 

चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रललाई एक्सरे मेसिन हस्तान्तरण 

Trulli
ADVERTISEMENT

गैंडाकोट- नवलपुरको चोरमारामा रहेको चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रले ४६ लाख रुपैयाँ पर्ने अत्याधुनिक डिजिटल एक्सरे मेसिन र डिजिटल युएसजी पाएको छ । १५ शय्या क्षमताको यो स्वास्थ्य केन्द्रमा यसअघि एक्सरे मेसिन थिएन ।

 

नवलपुरको गैंडाकोट नगरपालिकामा रहेको किसान बचत तथा ऋण सहकारी संस्था र यहाँको लायन्स क्लबका विभिन्न शाखाले चोरमारा प्राथमिक स्वास्थ्य चौकीलाई संयुक्त रूपमा एक्सरे मेसिन हस्तान्तरण गरेका हुन् । 

 

उनीहरूले स्वास्थ्य केन्द्रको हातामा रहेको सभाहलमा स्वास्थ्य केन्द्रलाई एक्सरे मेसिन हतान्तरण गरे । सो अवसरमा दाताका तर्फबाट किसान बचत तथा ऋण सहकारीका अध्यक्ष श्रीहरि चालिसे र लायन्स क्लबका गणेश सुवेदीलगायतको सहभागिता थियो । 

 

कार्यक्रममा एमजेएफ लायन राजकुमार श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेर मेसिन हस्तान्तरण गरे । स्वास्थ्य चौकीका अध्यक्ष अमृतप्रसाद ज्ञवाली र नगरप्रमुख चन्द्रबहादुर रानालगायतको उपस्थिति थियो । 

 

कार्यक्रममा एमजेएफ लायन श्रेष्ठले अत्याधुनिक डिजिटल एक्सरे मेसिन र डिजिटल युएसजी मेसिनको उद्घाटन गरे । 

 

किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चालिसेको अध्यक्षतामा भएको सामग्री हस्तान्तरण कार्यक्रमको सञ्चालन सचिव अनिल सापकोटाले गरेका थिए । मेसिन हस्तान्तरण अवसरमा किसान साकोस, लायन्स क्लब र स्वास्थ्य केन्द्रका सदस्यको सहभागिता थियो ।