close

माडीले नगरभरि एम्बुलेन्स चलाउने

माडीले नगरभरि एम्बुलेन्स चलाउने

Trulli
ADVERTISEMENT

चितवन(माडी)- चितवनको माडी नगरपालिका मातहतका कर्मचारी, शिक्षक एवं स्वास्थ्यकर्मीले स्वेच्छिक सहयोग रकम संकलन गरी नगरभरि एम्बुलेन्स सञ्चालन गर्ने भएका छन् ।

 

निःशुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य राखिएको एम्बुलेन्स खरिदका लागि माडी नगरप्रमुख ठाकुरप्रसाद ढकालले १ महिनाको तलब दिने घोषणा गरेका छन् । 

 

त्यसैगरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल, नगर जनस्वास्थ्य संयोजक शिव सुवेदी र कार्यपालिका प्रवक्ता शिवहरि सुवेदीले पनि १-१ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

 

एम्बुलेन्सका लागि माडी वडा नम्बर ६ का वडाध्यक्ष भरतबहादुर गुरुङले २ महिनाको तलब दिने घोषणा गरेका छन् भने अन्य जनप्रतिनिधि तथा कर्मचारीले सहयोग रकम बोल्ने क्रम जारी छ । 

 

नगरपालिकाको छैटौँ नगरसभाका क्रममा जनप्रतिनिधि र कर्मचारीले सहयोग संकलनमार्फत एम्बुलेन्स खरिद गरी निःशुल्क वा स्वेच्छिक सहयोग रकम लिएर चलाउने सहमति गरेका थिए ।