close

माडीका कर्मचारीको ५ दिनको तलबबाट एम्बुलेन्स खरिद

माडीका कर्मचारीको ५ दिनको तलबबाट एम्बुलेन्स खरिद

Trulli
ADVERTISEMENT

चितवन (माडी)- माडी नगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीले एम्बुलेन्स खरिदका लागि कम्तीमा ५ दिनको तलब सहयोग गर्ने निर्णय गरेका छन् ।

 

नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले स्वेच्छिक सहयोगबाट एम्बुलेन्सका लागि नगर कार्यपालिका र वडा कार्यालयमा कार्यरत कर्मचारीले न्यूनतम ५ दिनको पारिश्रमिक प्रदान गर्ने निर्णय गरेका हुन् ।

 

कार्यपालिका र वडा कार्यालयमा करिब ६० जना कर्मचारी कार्यरत छन् । निःशुल्क वा स्वेच्छिक सहयोग रकम लिई सञ्चालन गर्ने उद्देश्य राखिएको सो एम्बुलेन्स खरिदका लागि यसअघि माडीका नगरप्रमुख ठाकुर ढकाल, प्रमुख प्रशासकीय अधिकृत पुष्पराज ढकाल र जनस्वास्थ्य संयोजक शिव सुवेदीलले १-१ महिनाको तलब सहयोग गर्ने घोषणा गरेका थिए  ।

 

त्यस्तै, वडाध्यक्ष भरत गुरुङले २ महिनाको र अन्य वडाध्यक्षले १/१ महिनाको तलब उपलब्ध गराउने भएका छन् । यसबाहेक नगर कार्यपालिका सदस्यले न्यूनतम ५ हजार रुपैयाँ प्रदान गरिने बताएका छन् ।