close

सिस्नेका वृद्ध बाआमालाई घुम्ती शिविरमार्फत परिचयपत्र

सिस्नेका वृद्ध बाआमालाई घुम्ती शिविरमार्फत परिचयपत्र

Trulli
ADVERTISEMENT

रुकुम पूर्व– रुकुम पूर्वको सिस्ने गाउँपालिकाका सबै वडाका ज्येष्ठ नागरिक र अपांगता भएकालाई परिचयपत्र वितरण गरिएको छ ।

 

पालिकाभित्रका वडामा रहेका ज्येष्ठ नागरिक र अपांगता भएकालाई हरेक वडामा घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको हो । 


११ माघमा सिस्नेको वडा नम्बर ७ र ८ बाट सुरु गरिएको घुम्ती शिविर सोमबार वडा नम्बर ५ र ६ मा रहेका ज्येष्ठ नागरिक एवं अपांगता भएकालाई परिचयपत्र वितरण घुम्ती शिविर कार्यक्रम समापन गरेको छ ।


गाउँपालिकामा ८ वटा वडा मात्र रहेकामा घुम्ती शिविरको सुरुआत ७ र ८ नम्बर वडाबाट सुरु गरिएको हो । पछि ३ र ४, १ र २ नम्बर वडा र सोमबार ५ र ६ नम्बर वडाको घुम्ती शिविरमार्फत परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जनाएको छ । 


गाउँपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक इकाइको आयोजनामा सञ्चालन गरिएका घुम्ती शिविरमार्फत पालिकाभित्रका जम्मा २ सय ९ जनालाई अपांग परिचयपत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष गोवद्र्धन बुढा मगरले जानकारी दिए ।


यस अवधिमा ‘क’ वर्गका ३४, ‘ख’ वर्गका ६४ ‘ग’ वर्गका ८४ र ‘घ’ वर्गका २७ जनालाई अपांगग परिचयपत्र वितरण गरिएको बुढाले बताए । यसै अवधिमा ४ सय ७४ जना ज्येष्ठ नागरिकलाई परिचयपत्र वितरण गरिएको छ ।

 

परिचयपत्र लिन गाउँपालिकामा आउन उनीहरूलाई गाह्रो परेकाले गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरी वडाबाट परिचयपत्र वितरण गरिएको उपाध्यक्ष बुढाले जानकारी दिए ।