close

जलेश्वर र बर्दिबासमा कोरोनाविरुद्धको खोप अभियान सुरु

जलेश्वर र बर्दिबासमा कोरोनाविरुद्धको खोप अभियान सुरु

Trulli
ADVERTISEMENT

महोत्तरी- महोत्तरीका सबै पालिकाहरूमा कोरोनाविरुद्धको निःशुल्क खोप लगाउन सुरु गरिएको छ । सबै पालिकाहरूलाइ पायक पर्ने गरी महोत्तरीको जलेश्वर र बर्दिबास नगरपालिकालाई केन्द्र बनाएर खोप लगाउन सुरु गरिएको हो ।

 

खोप लगाउन सुरु भएसँगै केन्द्रमा सर्वसाधारणको बाक्लो उपस्थिति हुन थालेको छ । अहिलेसम्म १३ सय ९३ जनाले खोप सुविधा लिएको कोभिड-१९ महोत्तरीका प्रमुख गीरेन्द्रकुमार झाले जानकारी दिए ।

 

खोप लगाएका कतिपयमा ज्वरो आउने, रिंगटा लाग्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिए पनि यसलाई सामान्य रूपमा लिनुपर्ने चिकित्सकको सल्लाह छ ।

 

‘खोप लगाएपछि केही असहज भयो तर २४ घन्टापछि आफैं ठीक भयो । खोप लगाउन पाउँदा निकै खुसी लागेको छ’, बर्दिबासमा खोप लगाएर फर्किएकी सावित्री चूडालले भनिन् ।

 

खोप लगाएपपछि असहज र स्वास्थ्यमा केही समस्या आए आकस्मिक उपचारका लागि दुवै केन्द्रमा एईएफआई चिकित्सक टोलीसमेत गठन भएको छ ।

 

बर्दिबास केन्द्रका लागि डा. पिन्की साहको नेतृत्वमा र जलेश्वर केन्द्रका लागि डा.प्रभात गामीको नेतृत्वमा एईएफआई चिकित्सक टोली गठन भएको जिल्ला स्वास्थ्य कार्यलय महोत्तरीले जनाएको छ ।